२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

चण्डेश्वरी र पलाञ्चोकमा प्रवेशद्वारबाट नै दर्शन र पूजा

२०७७, ८ कार्तिक शनिबार ०७:२०

कात्तिक ८, काभ्रे | काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका वडा नं ५ चण्डेश्वरीस्थित चण्डेश्वरी मन्दिर प्रवेश गर्ने मूलद्वारमा नै सूचना टाँसिएको छ, ‘जिल्ला प्रशासन कार्यालयको अत्यन्त जरुरी सूचना ।’ एकातिर संक्रामक रोगको डर, अर्कातिर जिप्रकाले शक्तिपीठ र मन्दिरमा प्रवेश निषेध गरेको सूचना प्रवेशद्वारमा नै टाँसेपछि हिजोआज मन्दिरमा दर्शन गर्न जानेहरु मूल प्रवेशद्वारबाट नै दर्शन र पूजा गरी फर्कने गरेका छन् ।

जिप्रकाले विषम परिस्थितिमा  बडादशैंँमा घटस्थापनादेखि नवरात्रभर जिल्लाका विभिन्न शक्तिपीठ तथा मन्दिरका साथै स्थापना गरिने दुर्गाभवानीको पण्डालमा समेत सर्वसाधारणको भीड अत्यधिक भई कोरोना संक्रमणको सम्भावित जोखिम हुने भएकाले सर्वसाधारणलाई प्रवेश निषेध गरेको छ ।  विगत दशैंँमा मन्दिर परिसरमा दर्शनार्थीको ठूलो घुइँचो हुने गरेको थियो । अहिले कोरोना भाइरस संक्रमण जोखिमका कारण प्रवेशमा निषेध गरिएपछि बाहिरबाट नै दर्शन गर्ने ब्यवस्था मिलाइएको मन्दिरका पुजारी लक्ष्मण कर्माचार्यले बताउनुभयो । ‘हामीले मन्दिरमा गर्नैपर्ने पूजाबाहेक अरु पूजासमेत बन्द गरेका छौंँ’, उहाँले भन्नुभयो । मन्दिरमा बनेपा आसपासका बासिन्दा दर्शन गर्न जाने गरेका छन् ।

त्यसैगरी  पाँचखाल नगरपालिका वडा नं ९ पलाञ्चोकमा रहेको प्रसिद्ध एवं ऐतिहासिक  पलाञ्चोक भगवती मन्दिरमा हरेक वर्ष राष्ट्रपतिबाट महाअष्टमीमा  पूजा र दर्शन गरेकामा यस वर्ष भ्रमण स्थगन भएको  वडाध्यक्ष किरण श्रेष्ठले बताउनुभयो । सर्वसाधारण दर्शनका लागि आए पनि बाहिरबाट नै दर्शन गरी फर्कने गरेको र बलिपूजा पूर्ण रुपमा निषेध गरिएको उहाँको भनाइ छ । यसअघि पनि बन्दाबन्दीपछि मन्दिरमा यस वर्षको वैशाख पूर्णिमामा लाग्ने पूजा र जात्रा स्थगन गरिएको थियो ।

रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू