2026-09-12 07:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

स्थानीय तहमा विद्युत विस्तार हुँदै

कात्तिक १२, डोटी | जिल्लाको पूर्वीचौँकी गाउँपालिकाका नौ वटै वडामा राष्ट्रिय प्रसारणको विद्युत सेवा पुगेसँगै अर्को स्थानीय तह आदर्श गाउँपालिकाले पनि आफ्ना सबै वडामा विद्युत सेवा बिस्तार गर्न थालेको छ । यहाँका स्थानीय तहले आफ्ना वडाहरुमा विद्युत सेवा विस्तारका लागि होडबाजी नै चल्न थालेको छ । जनप्रतिनिधीको पहलमा जिल्लाका नौ स्थानीय तह मध्ये जोरायल, बडिकेदार, बोगटानफुड्सिल, सायल, पूर्वीचाँकी, केआइसिंह तथा आदर्श गाउँपालिकामा तिब्र रुपमा विद्युत विस्तारको काम भइरहेको डोटी साना जलविद्युत कार्यालयले जनाएको छ ।

जिल्लाको आदर्श गाउँपालिका वडा नं. ५ लामिखालमा पोल गाढेको पाँच वर्षपछि विद्युत सेवा पुगेको छ । यहाँका करिव ४०० घरधुरीले विद्युत् सेवा पाएका छन् । दशैँको अवसर पारेर गाउँमा विद्युत सेवा बिस्तार गरिएपछि गाउँले खुसी भएका हुन् । पोलगाडेको वर्षौपछि गाउँपालिकाको विशेष पहलमा अहिले आएर राष्ट्रिय प्रसारणलाइनको विद्युत बिस्तार गरिएको भन्दै स्थानीयबासीमा खुसियाली छाएको स्थानीय रमेशबहादुर साउदले जानकारी दिनुभयो । विद्युत नहुँदा सल्लाको दियालो तथा टुकीका भरमा उज्यालो गर्दै आएका नागरिक गाउँमा विद्युत बिस्तार भएपछि निकै खुसी भएको स्थानीय धनबहादुर नेपालीले बताउनुभयो । 

नेपाल बिद्युत प्राधिकरणको केन्द्रीय लाईन प्राधिकरण र आदर्श गाउँपालिकाको संयुक्त सहकार्यमा उक्त वडाको केन्द्र लामीखालमा पहिलो पटक विद्युत बिस्तार गरिएको गाउँपालिका अध्यक्ष टेकबहादुर रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, “बिजुलीले त्यहाँका नागरिकले उज्यालो पाएका छन् ।” गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ मा विद्युत विस्तारका लागि बजेट विनियोजन गरिएपछि अहिले विद्युत विस्तारको काम अघि बढेको गाउँपालिका अध्यक्ष रोकायाले जानकारी दिनुभयो । 

जिल्लाका अधिकांश स्थानीय तह तथा गाँउपालिकाका प्रत्येक घरमा चालु आर्थिक वर्षको अन्तिमसम्म बिजुली बाल्ने विद्युत कार्यालय र स्थानीय तहले संयुक्त योजना बनाइएर सोही अनुसार पत्राचार गरेकाले काम अघि बढाईरहेको डोटी साना जलबिद्युत कार्यालय दिपायलका प्रमुख कपिलदेव जोशीले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन