१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जुम्लामा डिजिटल कर प्रणाली शुरु

१५ कार्तिक २०७७, शनिबार ०२:५१

कात्तिक १५, जुम्ला । जुम्लाको हिमा गाउँपालिकाले डिजिटल एकिकृत सम्पत्ति कर प्रणाली शुरु गरेको छ । गाउँपालिकाले विशेषगरी सम्पत्ति कर सङ्कलन गर्न यो प्रणाली लागू गरेको हो । गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीका अनुसार कर चुहावट नहुने र आर्थिक पारदर्शी, मितव्ययिताका हिसावले सहज होस भनेर सम्पत्ति कर सङ्कलनमा डिजिटल प्रणाली लागू गरिएको हो । पालिकाभरका ७ वटै वडामा यो प्रणाली लागु गरिएको उहाँले बताउनुभयो ।

 सूचना प्राविधिक अधिकृत भीमबहादुर रावतका अनुसार गाउँपालिकाले सम्पत्ति कर सङ्कलन गर्न चार क्षेत्र छुटयाइएको छ । व्यापारिक क्षेत्रमा पाँच सय, आवासीय क्षेत्रमा तीन सय, कृषि क्षेत्रमा दुई सय ५० र वन तथा बगर क्षेत्रमा प्रति वर्गमिटर एक सय रुपैया कर तोकिएको उहाँले बताउनुभयो । 

यो प्रणाली सात वटै वडामा लागू भएको छ । यहाँका स्थानीयवासी यसअघि कर तिर्न गाउँपालिकामा धाउनु पर्ने बाध्यता थियो । तर अब वडापालिकाबाटै सुविधा पाएपछि गाउँपालिका धाउनु पर्ने बाध्यता टरेको सुचना प्राविधिक अधिकृत रावतले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु