2026-10-15 05:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

धादिङको खरीमा ‘खरी पिडालु’को व्यवसायिक खेति, यस्ता छन पिडालु सेवनका फाइदा

अनिल अधिकारी | कात्तिक १९, काठमाडौँ | ज्वालामुखि गाउँपालिका वडा नम्बर ५ खरीमा वडा कार्यालयको सहयोगमा स्थानीय किसानहरुले खरी पिडालु खेति गर्दै आएका छन् । उक्त पिडालु खेति कृषकहरुले सामुहिक रुपमा उत्पादन गरेका हुन् ।

खरीमा पहिलेदेखिनै खरी पिँडालुको खेति हुने गरेकोमा गत बर्षदेखि वडाको सहयोगमा कृषकहरुको समुहले सामुहिक रुपमा खरी पिडालुको व्यवसायिक खेति गरेका हुन् । जनकल्याण महिला सामुदायिक बिकास कृषक समुहको परिश्रममा  “जिल्ला कृषि ज्ञानकेन्द्र धादिङ “को खरी पिँडालु प्रबर्धन कार्यक्रम अन्तरगतको (आर्थिक) सहयोगको साथै वडा कार्यलय, ज्वालामुखी गाउँपलिका कृषि शाखाको प्रबिधिक सहयोग र सल्लाह सुझावमा यो बर्ष पनि पिडालु खेति गरिएको हो । सामाजिक संजाल मार्फत ज्वालामुखी वडा नम्बर ५ का वडाध्यक्ष कृष्ण प्रसाद काप्रीले कृषकहरुले उत्पादन गरेको खरी पिडालु बिक्रीको लागि तयार रहेको जानकारी दिएका छन् । 

खरी पिडालु अन्य पिडांलुकै एक जात हो । सामान्यत: पिडालु गोलाकार हुने भए पनि खरी पिडालु लामो हुन्छ । एक वर्षे तरकारी बालीको रुपमा रहेको पिडालुको पातबाट ताजा अवस्थामा गाभा र पिडालुको पातलाई तातोमा खंगारेर ‘खंगारेको गाभा’ को रुपमा लामो समयसम्म पनि तरकारीको रुपमा खान सकिन्छ । 

त्यसो त पिडांलुको डाँठ, पात र गानो तिनै थोक तरकारीको रुपमा प्रयोग गरिने हुँदा यसको खेति व्यवसायिक रुपमा पर्वर्धन गर्न सकिने हो भने कृषक र उपभोक्ता दुवैलाई निकै फाइदाजनक हुन्छ । पिडालुको गानोमा स्टार्च प्रशस्त पाइन्छ जसमा १७ देखी २५ प्रतिशत एमाइलोज हुन्छ । यसका साथै पिडांलुमा सबैभन्दा बढी चिस्यान, चिल्लो, रेसा, क्यालोरी, फस्फोरस, क्याल्सियम, सोडीयम, प्रोटिन, खनीज पदार्थ, कार्बोहाइड्रेट, आइरन, पोटासीयम, भिटामीन बी, राइबोफ्लाबिन, थायमिन, निकोटिनीक एसिड लगायतका मानव सरिरलाई अत्यावश्यक पर्ने पौष्टिक तत्वहरु पाइन्छन् । 

पिडांलु गर्मी हावापानीमा हुने बाली हो । बलौटे माटोमा पिडांलु खेती राम्रो हुन्छ तर खेति लगाउँदा प्रशस्त मात्रामा प्राङगारीक पदार्थ हुन पर्दछ । हल्का तर दोमट माटोमा पिडांलुको गाना ठूलो लाग्छ । त्यसोत चिम्टाइलो माटोमा पनि पिडालु खेती हुन्छ । 

ठूला पिडांलुसंगै सानो गाना भएका पिडालु पनि हुन्छ । सानो गाना भएमा गाउँघरमा त्यसलाई बिउको रुपमा प्रयोग गरिन्छ । टुसा पलाएको साना गानोहरु बीउको रुपमा प्रयोग हुन्छ भने गानो ठूलो भएमा २ देखि ३ आँख्ला राखि काटेर पनि पिडालु रोप्न सकिन्छ । 

नामैले पनि खरी भएको हालको ज्वालामुखी वडा नम्बर ५ साविकको खरी गाविसले परिचित ठाउँ हो । पहाडी भेग, त्यसमा पनि सिंचाईको राम्रो प्रवन्ध नहुँदा यहाँ सिंचाई आवश्यक पर्ने वालीहरु लगाउन कृषकहरुको लागि निकै असहज हुन्छ । परापुर्व कालदेखिनै यहाँ पिडालु, कोदो, बदाम लगायत सिंचाई आवश्यक नपर्ने खेति बढी हुने गरेकोमा यहाँ पिडालुको व्यवसायिक खेतिमा कृषकहरुको ध्यान तान्न सकिए कृषकहरुको जीवनस्तर उकास्न सकिने प्रसस्त आधारहरु छन् । उपभोक्तामा यसको महत्वबारे जानकारी गराउन सक्ने यसको बिक्रि सहज हुने र व्यवसायिक रुपमा यसको खेति गर्ने किसानहरु पनि उत्साहित हुन सक्छन् । 

पिडालुमा पाइने पौष्टिक तत्वको प्रचुर मात्राबारे जानकार नहुँदा पनि उपभोक्तामा पिडालुको माग कम रहेको बुझिएको छ । काठमाडौँबाट ४ घण्टाको मात्र दुरीमा रहेको यो गाउँका किसानले उत्पादन गरेको पिडालु काठमाडौँसम्म बिक्रिको लागि ल्याउन सकिने र उपभोक्तालाई यसको फाइदाबारे जानकारी दिन सकिने हो भने पिडालुको बजार सहज हुन्छ । बिशेष गरि पिडालुको डाठ, पात र गानो तीनै कुरालाई तरकारीको रुपमा बजारमा बेच्न सकिन्छ । त्यसो त बिक्रि नहुने खालको डाठ पशुपालन गर्नेहरुले पानीमा पकाएर पशुलाई खुवाउन सक्छन् । त्यस्तै पिडालुको प्रयोग कालो दाललाई बाक्लो बनाएर दैनिक खानामा थप पौष्टिक आहार युक्त बनाउन सकिन्छ । आम उपभोक्ताले दैनिक खानामा दालको प्रयोग गर्ने हुँदा हतारको समयमा दालसंगै पिंडालु काटेर कुकरमा २/३ सिट्ठी लगाईदिने हो भने तरकारीको समेत काम गर्छ ।

– तश्वीर: कृष्ण प्र. काप्री 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने