2026-09-08 03:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चित्लाङ–थानकोट सडक बन्द

कात्तिक १९, टिस्टुङ । मकवानपुरको पर्यटकीय थाहानगरबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने सबैभन्दा छोटो दूरीको मार्ग गणेशमान सिंहमार्गअन्तर्गत चित्लाङ–थानकोट सडक आजदेखि बन्द भएको छ । चित्लाङ–चन्द्रागिरि–थानकोट सडक निर्माण सरोकार समितिले सार्वजनिक सूचना जारी गरेर सो मार्ग अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको जनाएको छ । गणेशमान सिंह मार्गअन्तर्गत चन्द्रागिरि–थानकोट सडक खण्डमा सडक फराकिलो पार्ने, बेस मिलाउने, रेडियस मिलाउने, कटिङ गर्नेजस्ता कार्य भइरहेको र सो क्रममा सेतो पहरा भन्ने ठाउँमा कटिङको कार्य भइरहेकाले सवारी आवागमन बन्द गर्नु परेको सरोकार समितिका सदस्य रामशरण नेपालले बताउनुभयो ।

यसअघि सडक स्तरोन्नतिको काम भइरहँदा पनि सो सडकबाट सवारी आवागमन रोकिएको थिएन । सेतो पहरामा कटिङको कार्य हुँदा सवारी आवागमन रोक्नै पर्ने भएकोले राकिएको सरोकार समितिले स्पष्ट पारेको छ । पछिल्लोपटक स्थानीयवासीले स्वःस्फूर्तरुपमा सरोकार समिति बनाएर समितिकै निगरानीमा चन्द्रागिरि–थानकोट सडक खण्डमा स्तरोन्नति भइरहेको छ । विसं २०७१ मा सडक स्तरोन्नतिसम्बन्धी निर्माण कम्पनीसँग सम्झौता भएर पटक–पटक म्याद थप्दा पनि काम सम्पन्न हुन नसकेपछि स्थानीयवासीले ठेकेदारमार्फत् काम गराइरहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ