साउन १६, खोटाङ | खोटाङका शिक्षा तथा समाजसेवी इमानसिं राईलाई सहिद ‘मनोज प्रतिभा पुरस्कार’ प्रदान गरिएको छ । शिक्षा र समाजेसवाका माध्यमबाट जिल्लामा पुर्याएको योगदानको कदरस्वरुप दिक्तेल नगरपालिका–७ बाम्राङका ९१ वर्षीय राईलाई शनिबार साँझ पुरस्कृत गरिएको हो । <"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १६, खोटाङ | खोटाङका शिक्षा तथा समाजसेवी इमानसिं राईलाई सहिद ‘मनोज प्रतिभा पुरस्कार’ प्रदान गरिएको छ । शिक्षा र समाजेसवाका माध्यमबाट जिल्लामा पुर्याएको योगदानको कदरस्वरुप दिक्तेल नगरपालिका–७ बाम्राङका ९१ वर्षीय राईलाई शनिबार साँझ पुरस्कृत गरिएको हो । <"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

शिक्षासेवी राईलाई सहिद मनोज प्रतिभा पुरस्कार

१६ श्रावण २०७३, आईतवार ०४:११

साउन १६, खोटाङ | खोटाङका शिक्षा तथा समाजसेवी इमानसिं राईलाई सहिद ‘मनोज प्रतिभा पुरस्कार’ प्रदान गरिएको छ । शिक्षा र समाजेसवाका माध्यमबाट जिल्लामा पुर्याएको योगदानको कदरस्वरुप दिक्तेल नगरपालिका–७ बाम्राङका ९१ वर्षीय राईलाई शनिबार साँझ पुरस्कृत गरिएको हो । 

पच्चिसौँ सहिद मनोज–झपेन्द्र स्मृति दिवसको अवसरमा दिक्तेलमा आयोजित कार्यक्रममा राईलाई नगद रु पाँच हजारका साथमा कदरपत्रसहित पुरस्कृत गरिएको आयोजक मनोज स्मृति प्रतिष्ठान खोटाङले जनाएको छ । 

बेलायती सेनाको अवकाशपछि गाउँ फर्किएर पुनः शिक्षक सेवामा समर्पित र हाल अवकाश पाएका शिक्षासेवी राईलाई कार्यक्रममा मनोजका पिता नारायणप्रसाद जोशीले नगद र कदरपत्र प्रदान गर्नुभयो । 

तेइस वर्ष बेलायती सेनाबाट पेन्सन पकाएर गाउँ फर्किएका राईले शिक्षण सेवामा २३ वर्ष, संस्थागत विद्यालयको प्रिन्सिपलका रुपमा छ वर्ष, गाविस अध्यक्षका रुपमा पाँच वर्ष सेवा गरिसकेका छन् । सो अवसरमा आयोजित खुला ब्याडमिन्टन तथा चेस प्रतियोगिताका विजेता खेलाडीलाई पनि पुरस्कार प्रदान गरिएको थियो । 

ब्याडमिन्टन प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने प्रेमकुमार जोशी र देवराज पोखरेल, दोस्रो हुने सुवास श्रेष्ठ तथा तेस्रो हुने आशिष उदास र पार्जुन राईको जोडीलाई क्रमशः जनही रु दुई हजार, रु एक हजार ५०० र रु एक हजारका साथमा प्रमाणपत्र प्रदान गरिएको थियो । यस्तै, चेस प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने दीपक राईलाई रु एक हजार, दोस्रो हुने ध्रुवविक्रम राईलाई रु ७०० र तेस्रो हुने मीनकुमार दाहाललाई रु ५००का साथमा प्रमाणपत्र प्रदान गरिएको थियो । 

हप्ता दिनसम्म मनाइएको स्मृति दिवस समापनको अवसरमा विजेता खेलाडीलाई प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्की, सहिद मनोज पिता जोशीलगायतले नगद र प्रमाणपत्र प्रदान गर्नुभयो । कार्यक्रमका अवसरमा निबन्ध र हाजिरीजवाफ प्रतियोगिताका विजेतालाई पनि पुरस्कार प्रदान गरिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ