२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

पश्चिमी सीमामा तालीम प्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन

२० कार्तिक २०७७, बिहीबार ०७:४३

कार्त्तिक २०, कञ्चनपुर । आपराधिक क्रियाकलाप रोक्नका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सीमा नाकामा विशेष तालीम प्राप्त कुकुरसहितको टोली परिचालन गरेको छ । तिहारलगायत चाडपर्वका बेला सीमा क्षेत्रमा हुने लागुऔषध, विष्फोटक पदार्थ, अवैध हतियारको ओसारपसारलाई रोक्न कुकुरसहितको प्रहरीको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताउनुभयो ।

पश्चिमी सीमा नाका गड्डाचौकी, महेन्द्रनगरस्थित बस पार्क, गौरीफण्टा सीमा नाकालगायत कुकुरसहितको प्रहरीको टोली परिचालन गरिएको उहाँले बताउनुभयो । “सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको सहयोगमा तालीम प्राप्त कुकुर ल्याएर सीमा क्षेत्रमा प्रभावकारी रुपमा जाँचको कार्यलाई अगाडि बढाएका छौँ”, प्रहरी नायब उपरीक्षक थापा क्षेत्रीले भन्नुभयो, “लुकाइछिपाइ लागुऔषध, बिष्फोटक पदार्थ र हातहतियार ल्याएमा तालीम प्राप्त कुकुरले सुँघेर पत्ता लगाउने गर्दछ । सीमापारबाट हुने अवाञ्छित गतिविधि रोक्नका लागि यस कार्यले सघाउ पुर्याउने छ ।”

तिहारलगायत चाडपर्व नजिकिँदै गर्दा सीमा क्षेत्र र बस पार्क क्षेत्रमा भीडभाड बढ्न थालेपछि आपराधिक क्रियाकलापसमेत बढ्न सक्ने भएकाले उच्च सर्तकता अपनाइएको उहाँको भनाइ छ । उहाँकाअनुसार दुई साताका लागि कुकुरसहितको टोली सीमा नाकामा परिचालन गरिनेछ । स्थानीय प्रहरीसँग समन्वय गरी कुकुरसहितको टोलीलाई परिचालन गरिएको छ । सीमा क्षेत्रमा प्रहरीका सादा र पोशाकमा समेत गस्ती टोलीलाई परिचालन गरिएको छ । सीमा क्षेत्रमा केही दिनदेखि लागुऔषधसहित पक्राउ पर्नेको सङ्ख्यासमेत बढ्दो रुपमा रहेको छ । महेन्द्रनगर बस पार्क क्षेत्रबाट मात्रै प्रहरीले केही दिन अघि छ बोरा विष्फोटक पदार्थ (पटाका) बरामद गरेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ