२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

बारा जिल्लाका सीमा नाकाबाट पटाका भित्रिँदै

२० कार्तिक २०७७, बिहीबार ०९:५३

कार्तिक २०, वीरगञ्ज । हिन्दूहरुको महान् चाड दशैँ सकिएलगत्तै तिहार पर्वलाई लक्षित गरी तस्करहरुले पर्सा तथा बारा जिल्लाका विभिन्न नाकाबाट पटाका भित्र्याउन थालेका छन् । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि  लामो समयदेखि नेपाल भारत मुख्य सीमा नाका बन्द रहे पनि तस्करले अन्य विभिन्न खुला नाकाको फाइदा उठाउँदै सो नाकामा रहेका सुरक्षाकर्मीबाट लुकाइछिपाई ठूलो परिमाणमा पटाका भित्र्याउने गरेका छन् । 

तस्करले पर्साका भिस्वा, सिकटा, भेलाई, इनर्वा, ठोरी, सिर्सिया तथा बारा जिल्लाका मटिअर्वा, सिम्रोनगढ, कचौर्वालगायत नाकाबाट पटाका ल्याउने गरेको देखिन्छ । प्रहरीले थोरै मात्रामा पटाका समाते पनि तस्करले सीमा नाकामा रहेका प्रहरीलाई आफ्नो पक्षमा पारेर पटाकाको व्यापक तस्करी गर्ने गरेको छ ।

यसैक्रममा बुधबार बिहान ३ बजे भारतको रक्सौलबाट  विभिन्न किसिमका पटाका  खरिद गरेर ना२ह ३०४६ नंको अटोमा लुकाइछिपाई वीरगञ्जतर्फ ल्याइँदै गरेकाअवस्थामा प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ बाट ठूलो परिमाणमा पटाकासहित दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा वीरगञ्ज –१६ इनर्वाका भुलन साह तुराहाका २० वर्षीय छोरा रन्जनकुमार र सीमावर्ती भारतीय बजार रक्सौल मौजेटोल बस्ने मौजी तुराहाका २६ वर्षीय छोरा राजकुमार गुप्ता छन्र । उनीहरुका साथबाट विभिन्न ब्राण्डका एक हजार प्याकेट पटाका बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

क्यारियरवालाहरुले भारतको रक्सौललगायत भारतीय बजारबाट ती पटाका वीरगञ्ज, कलैयालगायत नेपाली बजारसम्म पुर्याएबापत सम्बन्धित व्यापारीसँग ५० प्रतिशत तथा काठमाडौँसम्म पुर्याएबापत अधिकतम दुई सय प्रतिशतसम्म लिने गरेको वीरगञ्जस्थित मीनाबजारमा भेटिएका एक तस्करले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन् । 

ती क्यारियरवालाले सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मीलाई आफ्ना पक्षमा पारेर भारतबाट विभिन्न सामान ल्याउँदा त्यसभित्र पटाका लुकाएर ल्याउने गरेको बताएका छन् । अति प्रज्वलनशील पदार्थका रुपमा रहेको पटाका नेपाल भित्रिने गरेको बारे प्रहरी अधिकारीले अस्वीकार गरेका छन् तर सीमा नाकामा प्रहरीले भेटाएसम्म पटाका भने समात्ने गरेको दाबी गर्दै आएका छन् । खासगरी भारतबाट आउने मालबाहक सवारीसाधन जीप, कार, टाँगाजस्ता सवारी साधनमा पटाका लुकाइछिपाई ल्याइने गरेको देखिन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ