जितबहादुरको घाँटी कस्ले रेट्यो ?

साझासवाल
0 Min Read

Knife-Chhura-Hatyaअसोज २०, कनकाई । धारिलो हतियार प्रयोग गरी झापाको कनकाई
नगरपालिकामा मंगलबार बिहान एक जनाको हत्या भएको छ ।

पूर्व पश्चिम
राजमार्गअन्तर्गत कनकाई नगरपालिका–७ स्थित विरिङ पुलमा घाँटी रेटेर शनिअर्जुन नगरपालिका–८ निवासी २४
वर्षीय जितबहादुर विकको हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता भीमबहादुर दाहालले
बताए ।

हत्या कसले र किन गर्यो भने खुल्ल नसकेको र हत्यामा
संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Comment

Leave a Reply