२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

लालबन्दीका दलित समुदायलाई पक्की आवास निर्माण शुरु

२१ कार्तिक २०७७, शुक्रबार ०५:४२

कार्त्तिक २१, सर्लाही । जिल्लाको लालबन्दी नरगपालिकाका ५०० दलित तथा मुसहरको घर निर्माण हुने भएको छ । छाप्रोमा जीवनयापन गरिरहेका लालबन्दीका मुसहरका लागि एकीकृत नमूना मुसहर बस्ती निर्माण गरिने भएको छ । लालबन्दीका पाँच वटा वडामा ५०० घर निर्माण गरिने भएको वडा नम्बर ५ का अध्यक्ष मोहन भण्डारीले जानकारी दिनुभयो । 

जनता आवास कार्यक्रमअन्तर्गत नगरका पाँच वटा वडामा प्रतिवडा १०० घर बनाइने भएको हो । ट्रस मोडलमा बनाइने ५०० घर अतिविपन्न दलित समुदायलाई निर्माण गरेर हस्तान्तरण गरिने जनता आवास कार्यक्रमका कार्यक्रम संयोजक तथा प्रदेशसभा सदस्य नीरा साहले बताउनुभयो । प्रतिघर निर्माण गर्न रु तीन लाख ५० हजारका दरले रु १७ करोड ५० लाख लाग्ने उहाँले बताउनुभयो । शौचालयसहित प्रत्येक घर निर्माणको लागत रु तीन लाख ५० हजार लाग्ने र त्यसबाहेक १० प्रतिशत श्रमदान गर्नुपर्ने छ भने आफूहरूले काममा खटिएबापतको रकम पनि पाउने कार्यक्रम संयोजक साहले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७७/०७८ भित्र नै सक्ने गरी प्रदेश सरकारले रु १७ करोड ५० लाख रकम उपलब्ध गराएको प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहले जानकारी दिनुभयो । अतिविपन्न दलित समुदायले आफ्नो घरसमेत बनाउन नसक्ने भएका कारण सङ्घीय सरकारले जनता आवास कार्यक्रमअन्तर्गत ५०० अतिविपन्न दलित समुदायको घर बनाई दिने भएको हो भने अहिले करिब २५० घर निर्माणको क्रममा रहेको आयोजकले बताएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह