Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

दाङका कोरोना संक्रमित पुरुषको भेरी अस्पतालमा मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>कार्तिक २१, दाङ | भेरी अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। दाङको लमही नगरपालिका–१० का ६४ वर्षीय कोरोना संक्रमित पुरुषको बिहीबार राति ९ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए |<br></p><p>स्वास्थ्यमा समस्या देखिएपछि उनलाई दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा कात्तिक १४ देखि १८ गतेसम्म उपचार गरिएको थियो। त्यहाँबाट थप उपचारका लागि कात्तिक १९ मा भेरी अस्पतालमा ल्याइएको थियो। भेरी अस्पताल ल्याएकै दिन उनको मृत्यु भएको श्रेष्ठले बताए |</p>