2026-09-08 12:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

टेलिफोन र ईन्टरनेटविहिन कनका सुन्दरी गाँउपालिका, सरकारी काम ठप्प

दान बहादुर बुढा | कार्तिक २३,जुम्ला  | विश्वले सञ्चार क्षेत्रमा निकै फट्को मारिसकेको समयमा नेपाली भाषाको उद्गम स्थालका स्थानिय कनका सुन्दरी गाँउपालिका रहेको कार्यालय स्थान र अन्य दर्जनौ बस्तीमा रहेका स्थानिय बासीहरु टेलिफोन र ईन्टरनेट बिहिन भएका छन् | यता गाँउपालिकाको काम काज गर्न समेत ठप्प भएको छ |

नेपाल टेलिकमले सञ्चार क्षेत्रमा पछिल्लो समयमा राम्रो पहुँच बढाए पनि नेपाली  कनका सुन्दरी गाँउपालिमा भने सञ्चार क्षेत्रको पहुँच छैन | पटक पटक कनका सुन्दरी गाँउपालिका रहेको स्थान र आसपासमा रहेका दजनै बस्तीहरुको लागी टेलिफोन र ईन्टरनेट ब्याबस्थापनको लागी क्षेत्रीय कार्यालय ,केन्द्रीय कार्यालयमा आफै पुगेर टेलिकमका कर्मचारीहरुसंग बसेर मैखीत तथा लेखीत टेलिफोन टावर र ईन्टरनेटको पहल गरेको र हाल सम्म कुनै सुनाई नभएको कनका सुन्दरी गाँउपालिकाका अध्क्षय नरबिर रावतले बताएका छन |

यता नेपाल टेलिकमले कनका सुन्दरी गाँउपालिका  वडा नम्बर ६ बिराटमा नेपाल टेलीकमले थ्रिजी सहितको सेवा दिरनेगरि टावर सन्चालन गर्ने भनेर ३ बर्ष पहिला ठेक्का गरेर लाखै मूल्यका सामानहरु ल्याएर अलपत्र पारेका छन । भने, २२ सय ४७ घर परिवारका १३ हजार २ सय १६ जना स्थानिय बासीहरु सञ्चार बिहीन भएका छन । 

कतै घर बाहिर जिल्ला बाहीर गएका आफन्तहरुलाई फोन गर्न परेको डाडाकाडा,रुख चडेर ,२,३घण्टा टाढा गएर फोन सम्र्पक गर्नु परेको छ ईन्टरनेटको सेना कहिले हो भन्दै स्थानिय बासिहरुको गुनासो रहेको छ ।

कनका सुन्दरी गाँउपालिकाको बिराटमा ३ बर्ष पहिला देखी नेपाल टेलिकमले मोवाईन सेवा सहित थ्रिजि सेवाको टावर निमार्णको लागी ल्याएका लाखै मूल्यमा सामान सोलर पाता,ब्याट्रि,सरिया सिमेन्ट अल्पत्र परेर नष्ट भएको छन |

हिजो आज गाई गोरु चराउन जाने स्थानिय बासिहले सोलरको ब्याट्रिबाट मोवाईल चार्ज गर्ने गरेका छन । सबै भन्दा नेपाल टेलिकम र ठेक्कादारहरुको लापरवाईले अहिले सम्म मोवाईलटावर नबनाउदा कनका सुन्दरी गाँउपालिका बासी सबै सञ्चरबाट ठाढा रहेको स्थानिय पदम बुडाको गुनासो रहेको छ । 

कनका सुन्दरी गाँउपालिकामा बस्र्ने स्थानिय सञ्चार बिहिन छन तर गाँउपालिकाको कामकाज गर्न पनि निकै समस्या आएको छ । गाँउपालिका बाट ४,५ वटा पत्रहरु नेपाल टेलिकमलाई पठाईसक्दा  पनि नेपाल टेलिकम कार्यालय र ठेक्कादारको निकै ठूलो लापरवाहीको कारण टोलिफोन टावर बनाउन समस्या आएको हो । 

टेलिफोन टावर लामो सयम सम्म अलपत्र परेको छ । सबै भन्दा ठेकेदार  र नेपाल टेलिककको लापरवाईको कारण पालिकाको काम गर्न निकै समस्या भएको छ । धेरै पटक नेपाल टेलिकमलाई कि पुरानो अलपत्र परेको टावर बनाउने की नयाँ टावरको ब्याबस्था गरिदिनको लागी पहल गाँउपालिकाबाट भैरहेको  कनका सुन्दरी गाँउपालिकाका  प्रमुख प्रशासकिय अधिकृत नैनसिंह बुढाले बताएका छन ।

कनका सुन्दरी गाँउपालिका र गाँउपालिका नजिकै जोडिएको गोठिज्यूला बजारमा पनि टेलिफोन र ईन्टरनेट नहुदा सिंन्जा क्षेत्र,मुगुको रारा घुम्न आउर्ने आन्तरिक तथा बाहिय पर्यटकहरुलाई आफ्न्त र घर परिवारसंग सम्पर्क पनि समस्था रहेको पर्यटकहरुको गुनासो रहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल