Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
November 9, 2020 डोटी - DT, समाज

डोटीमा मोटरसाइकल दुर्घटना हुँदा ३ जना घाइते

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>कार्तिक २४, डोटी | डोटीमा मोटरसाइकल दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ दिपायल स्थित सेती प्राविधिक शिक्षालय नजिक दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटनामा भएको हो ।&nbsp;<br></p><p>राजपुरबाट पूर्वीचौकी गाउँपालिका जाँदै गरेको से६प १३९८ नम्बरको मोटरसाइकल र दिपायलबाट शिखर नगरपालिका जाँदै गरेको से२प ९६०८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको हो । दुर्घटनामा परी मोटरसाइकलमा सवार पूर्वीचौकी गाउँपालिका १ फुलोटका २९ वर्षीय जीतबहादुर खड्का, शिखर नगरपालिका १ मुडे गाउँका २१ वर्षीय भरत विक र धनगढी उपमहनगरपालिका १५ कनरीका ३४ वर्षीय शाहस चौधरी घाइते भएका छन् |</p><p>घाइतेको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक कार्यालय दिपायलले जनाएको छ |</p>