2026-09-12 06:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बुङ्गलमा ५ शैयाको कोरोना अस्पताल, संक्रमितको निशुल्क उपचार गरिने

कार्तिक २४, बझाङ | बझाङको बुङ्गल नगरपालिकाले पाँच शैयाको कोरोना अस्पताल निर्माण गरेको छ | नगरपालिको वडा नं ८ स्थित शंकरखोला स्वास्थ्य चौकीलाई कोरोना अस्पताल बनाएको हो | नगरपालिका भरिकै राम्रो भौतिक व्यवस्था भएको उक्त स्वास्थ्य चौकीमा अक्सिजन सहितको पाँच शैयाको व्यवस्था गरेको छ |

नगरपालिकाले कार्तिक ६ देखि हाँजिर हुनेगरी एमबिबिएस डाक्टर सुमन श्रेष्ठलाई नियुक्ति गरेको छ | अहिले डा श्रेष्ठ र आफू पोष्टमाटम तालिमको लागि चैनपुर भएको बताउंदै, बुङ्गल स्वास्थ्य शाखा संयोजक नैंन बहादुर सिंहले भने,”केहि समय पछि उक्त अस्पतालमै पोष्टमाटम समेत हुन्छ |” नगरपालिकाले कोरोना संक्रमण देखिएका वा अस्पतालको बेडमा बसेका बिरामीको खान,बस्न र उपचार निशुल्क गर्ने भएको छ |  त्यस्तै विदेशबाट आएकाहरुले अनिवार्य होम आइसोलेसंनमा बसी पाँच दिनपछि स्वाब संकलनका लागि स्वास्थ्य संस्थानमा उपस्थित हुनुपर्ने छ | 

सिंहका अनुसार,उक्त अस्पतालको क्षमता भन्दा बढी संक्रमित भेटिएमा नगरपालिकाको १ नम्बर वडा  पौडीमा रहेको महिला भवनलाई कोरोना अस्पताल बनाइने तयारी भएको छ | हालसम्म नगरपालिका भरी संक्रमितको संख्या र क्वारेन्टाइनमा बस्नेको संख्या भने शुन्य छ |

व्यवस्थापनको क्रममै केहि समय पछि सोहि अस्पतालमा एक्सरे र भिडियो एक्सरे मेसिन पनि राख्ने योजना रहेको ८ नम्बर वडाध्यक्ष शिवसंकर जाग्रिले बताएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन