2026-11-02 12:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

तरकारी खेती गरी गाउँमै आम्दानी गर्दै युवा

कात्तिक २५, बनेपा । काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौरीदेउराली–७ मादनकुँडारीका युवा दवामानसिं लामा यतिबेला बारीमा उत्पादन भएको तरकारी बजारमा बेच्नमा व्यस्त हुनुहुन्छ । आफ्नै बारीमा मौसमअनुसारको थरिथरिका तरकारी फलाउँदै आएका उहाँ हिजोआज बन्दाकोभी बेच्न व्यस्त बन्नुभएको हो ।

विगत केही वर्षदेखि तरकारी उत्पादन गर्दै बजारीकरण गरेर आम्दानीको स्रोत पहिल्याउँदै आउनुभएका उहाँले बारीमा बन्दाकोभी, धनियाँ, पालुङ, घ्यूसिमी, काउली, चमसुर, मेथी, लसुन, बोडी र सागसब्जी उत्पादन गर्दै आउनुभएको छ । “समयअनुसारको तरकारी खेती गरी आर्थिक उपार्जनमा लागिरहेको छु”, उहाँले भन्नुभयो, “हिजोआज बन्दाकोभीको मौसम भएकाले त्यही बजारीकरण गर्दैमा व्यस्त छु ।”

बन्दाकोभीसँगै हरियो धनियाँ, पालुङ्गो, चमसुर पनि उत्पादन भइरहेको उहाँको भनाइ छ । यसअघि बोडी उत्पादन गरी बिक्री गरिसक्नुभएका उहाँले दुःख गरे गाउँमै बसेर पनि तरकारी खेतीबाट आम्दानी गर्न सकिने भएपछि त्यसतर्फ लागेको बताउनुभयो । करिब पाँच वर्ष अगाडि क्षेत्रीय कृषि तालिम केन्द्र धनुषाबाट ५१ दिनको तरकारी खेती गर्ने तरिकासम्बन्धी तालिम लिनुभएका लामाले करिब एक वर्ष अगाडिबाट निरन्तर खेतीमा लाग्दै आउनुभएको छ ।

बारीमा उत्पादन गरेको तरकारी गाउँकै मादन, कुँडारी, कात्तिके देउरालीको बजारमा बिक्री हुने गरेको छ । एकातिर बजार सानो अर्कोतिर आफ्नो भएको थोरै बारीमा उत्पादन गरेको तरकारी बिक्रीका लागि खासै समस्या नभएको उहाँले बताउनुभयो । “बजार पनि सानो छ तर पनि उत्पादन भएको तरकारी बिक्री भएन भनेर चिन्तित हुनुपर्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “बजारमा बिक्रीसँगै वडामा भएको सरकारी कार्यालयमा कार्यरत कर्मचारी आफँैले पनि ताजा तरकारीका लागि बारीमा नै आएर लाने गर्नुहुन्छ ।” 

सँगै तालिम लिएका साथीहरूले व्यावसायिकरूपमा काम नगरे पनि आफूले भने सिकेको सीपलाई व्यावहारिकरूपमा कार्यान्वयनमा ल्याएको उहाँले बताउनुभयो । “धेरै आम्दानी गर्न नसके पनि एकातिर तरकारी के खाने भन्ने चिन्ता छैन, अर्कोतिर अध्ययन र घर खर्चका लागि कुनै समस्या छैन”, उहाँले भन्नुभयो, “अहिले पछिल्लो समयमा भने बजारको मागका आधारमा तरकारी उत्पादन गर्ने गरेको छु ।” यद्यपि पर्याप्त मात्रमा सिँचाइको व्यवस्था नहुँदा भने निकै समस्या व्यहोर्नुपरेको उहाँको भनाइ छ । पानीको प्रशस्त व्यवस्था नहुँदा सोचेजति उत्पादन गर्न नसकेको उहाँले बताउनुभयो ।

अहिले उहाँ हातधुने र कपडा धोएर खेर जाने पानीलाई सङ्कलन गरेर तरकारी खेती गर्नुहुन्छ । त्यसका लागि गाउँपालिका र वडाले सिँचाइको व्यवस्थापन गरेको खण्डमा कृषिमा लाग्न चाहने युवाहरूका लागि धेरै सहज हुने उहाँको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द