2026-09-16 01:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

तरकारी खेती गरी गाउँमै आम्दानी गर्दै युवा

कात्तिक २५, बनेपा । काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौरीदेउराली–७ मादनकुँडारीका युवा दवामानसिं लामा यतिबेला बारीमा उत्पादन भएको तरकारी बजारमा बेच्नमा व्यस्त हुनुहुन्छ । आफ्नै बारीमा मौसमअनुसारको थरिथरिका तरकारी फलाउँदै आएका उहाँ हिजोआज बन्दाकोभी बेच्न व्यस्त बन्नुभएको हो ।

विगत केही वर्षदेखि तरकारी उत्पादन गर्दै बजारीकरण गरेर आम्दानीको स्रोत पहिल्याउँदै आउनुभएका उहाँले बारीमा बन्दाकोभी, धनियाँ, पालुङ, घ्यूसिमी, काउली, चमसुर, मेथी, लसुन, बोडी र सागसब्जी उत्पादन गर्दै आउनुभएको छ । “समयअनुसारको तरकारी खेती गरी आर्थिक उपार्जनमा लागिरहेको छु”, उहाँले भन्नुभयो, “हिजोआज बन्दाकोभीको मौसम भएकाले त्यही बजारीकरण गर्दैमा व्यस्त छु ।”

बन्दाकोभीसँगै हरियो धनियाँ, पालुङ्गो, चमसुर पनि उत्पादन भइरहेको उहाँको भनाइ छ । यसअघि बोडी उत्पादन गरी बिक्री गरिसक्नुभएका उहाँले दुःख गरे गाउँमै बसेर पनि तरकारी खेतीबाट आम्दानी गर्न सकिने भएपछि त्यसतर्फ लागेको बताउनुभयो । करिब पाँच वर्ष अगाडि क्षेत्रीय कृषि तालिम केन्द्र धनुषाबाट ५१ दिनको तरकारी खेती गर्ने तरिकासम्बन्धी तालिम लिनुभएका लामाले करिब एक वर्ष अगाडिबाट निरन्तर खेतीमा लाग्दै आउनुभएको छ ।

बारीमा उत्पादन गरेको तरकारी गाउँकै मादन, कुँडारी, कात्तिके देउरालीको बजारमा बिक्री हुने गरेको छ । एकातिर बजार सानो अर्कोतिर आफ्नो भएको थोरै बारीमा उत्पादन गरेको तरकारी बिक्रीका लागि खासै समस्या नभएको उहाँले बताउनुभयो । “बजार पनि सानो छ तर पनि उत्पादन भएको तरकारी बिक्री भएन भनेर चिन्तित हुनुपर्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “बजारमा बिक्रीसँगै वडामा भएको सरकारी कार्यालयमा कार्यरत कर्मचारी आफँैले पनि ताजा तरकारीका लागि बारीमा नै आएर लाने गर्नुहुन्छ ।” 

सँगै तालिम लिएका साथीहरूले व्यावसायिकरूपमा काम नगरे पनि आफूले भने सिकेको सीपलाई व्यावहारिकरूपमा कार्यान्वयनमा ल्याएको उहाँले बताउनुभयो । “धेरै आम्दानी गर्न नसके पनि एकातिर तरकारी के खाने भन्ने चिन्ता छैन, अर्कोतिर अध्ययन र घर खर्चका लागि कुनै समस्या छैन”, उहाँले भन्नुभयो, “अहिले पछिल्लो समयमा भने बजारको मागका आधारमा तरकारी उत्पादन गर्ने गरेको छु ।” यद्यपि पर्याप्त मात्रमा सिँचाइको व्यवस्था नहुँदा भने निकै समस्या व्यहोर्नुपरेको उहाँको भनाइ छ । पानीको प्रशस्त व्यवस्था नहुँदा सोचेजति उत्पादन गर्न नसकेको उहाँले बताउनुभयो ।

अहिले उहाँ हातधुने र कपडा धोएर खेर जाने पानीलाई सङ्कलन गरेर तरकारी खेती गर्नुहुन्छ । त्यसका लागि गाउँपालिका र वडाले सिँचाइको व्यवस्थापन गरेको खण्डमा कृषिमा लाग्न चाहने युवाहरूका लागि धेरै सहज हुने उहाँको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल