२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा चाडपर्व लक्षित बजार अनुगमन तीव्र

२७ कार्तिक २०७७, बिहीबार ०५:३८

कार्त्तिक २७, पोखरा । पोखरामा चाडपर्वमा लक्षित गरेर बजार अनुगमनलाई तीव्र पारिएको छ । गण्डकी प्रदेश बजार अनुगमन समितिले चाडपर्वलाई लक्षित गरेर पोखराका विभिन्न स्थानमा तिहारमा बढी खपत हुने उपभोग्य सामग्रीमाथि अनुगमन गरेको हो ।

बुधबार गरिएको बजार अनुगमनमा मिठाइ, भाइ मसला, खाद्यान्नलगायतमा अनुगमन गरिएको उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले जानकारी दिनुभयो । अनुगमनमा मिठाइमा अखाद्य रङ प्रयोग नगर्न, गुणस्तरहीन कच्चा पदार्थ प्रयोग नगर्न, खुला ठाउँमा मिठाइ राखेर बिक्री वितरण नगर्न, तेल घ्यूलाई पुनः प्रयोग नगर्न अनुगमन समितिले निर्देशन दिएको छ ।

कोइरालाले भाइ मिठाइमा राखिने वस्तु काजु, किसमिस, ओखर, बदामको थोक मूल्य घटे पनि प्याकेजिङ गरेर बेच्नेहरुले मूल्य दोब्बर बनाएर बेच्ने गरेको भेटिएको बताउनुभयो । उहाँले आम उपभोक्तालाई भाइ मसला खरिद गर्दा प्याकेजिङ गरिएको भन्दा खुद्रारूपमा खरिद गर्नसमेत आग्रह गर्नुभयो ।

गण्डकी प्रदेशका उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण निर्देशनालयका निर्देशक गोकुल शर्मा पौडेल मिठाइको प्रतिएकाइ लागत कसरी कायम गरिएको हो, सोको विवरण कारणसहित खुलाएर दुई दिनभित्र निर्देशनालयमा पेश गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।

गण्डकी प्रदेश बजार अनुगमन समिति सदस्यसचिव भरतमणि बरालले अनुगमनलाई निरन्तर गरिने र दिएका निर्देशन पूरा नगरे अर्कोपल्ट कारवाही हुने बताउनुभयो । अनुगमन कार्यक्रममा खाद्य अनुसन्धान अधिकृत शिवजी बराल, नापतौल तथा गुणस्तर कार्यालयका प्रतिनिधि रघुनाथ पौडेल र निर्देशनालयका वरिष्ठ अधिकृत प्रदीप रेग्मी, अधिकृत नेत्रप्रसाद पौडेललगायतको उपस्थिति थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च