साउन १६, भद्रपुर । सचेत नाग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १६, भद्रपुर । सचेत नाग"/>
२१ मंसिर २०८२, शनिबार
झापा - JP

सचेत नागरिक युवा समूह झापाद्वारा स्वास्थ्य क्षेत्रको विकृति उजागर गर्दै १० बुदे माग

१६ श्रावण २०७३, आईतवार १३:५२

साउन १६, भद्रपुर । सचेत नागरिक युवा समूह झापाले स्वास्थ्य क्षेत्रको विकृति उजागर गर्दै विभिन्न १० बुदे माग अघि सारेको छ ।

 समूहको तर्फबाट  अध्यक्ष लक्ष्मण बसनेतले आज (आइतबार) विज्ञप्ति जारी गरी नागरिक अधिकारका लागि उठाइउका आफ्ना माग पूरा नभए सडकमा उत्रिएर सशक्त खबरदारी गर्ने चेतावनी दिएका छन् ।

अझै पनि मेची अञ्चल अस्पताल भद्रपुर, कोशी अञ्चल अस्पताल विराटनगर, घोपा धरान, आम्दा अस्पताल दमक, शहीद गंगालाल अस्पताल काठमाडौं लगायतका सरकारी अस्पतालमा कार्यरत चिकित्सक निजी क्लिनिक, अस्पतालमा जाने गरेको सूचना प्राप्त भइरहेको जनाउदै समूहले  कानून विपरीतको त्यस्तो कार्य तत्काल बन्द गर्न माग गरेको छ ।  साथै नागरिकको सेवामा समर्पित हुन सबै सरकारी चिकित्सकलाई सो समूहले  अनुरोध गरेको छ ।

त्यस्तै फार्मेसी, औषधि पसलहरुमा तालिम नलिएका तथा प्रमाणपत्र नभएका व्यक्तिहरु बसेर औषधि विक्री वितरण गरी नागरिकको स्वास्थ्य माथि गम्भीर खेलवाड गरिरहेको पाइएकोले भन्दै समूहले त्यस्ता कार्य तत्काल बन्द गर्न माग गरेको छ । 

हस्पिटल, मेडिकल हल, क्लिनिकमा कार्यरत चिकित्सकहरुले कर छलिरहेको पाइएकोले करको दायरामा आउन र ल्याउन पनि समूहले माग गरेको छ ।

‘कतिपय निजी क्लिनिक र हस्पिटलमा चिकित्सकले लिने सेवा शुल्क, ल्याब तथा अन्य परीक्षणको शुल्क चर्को भएको जनगुनासो आइरहेकाले आम नागरिकले सहज सेवा पाउने अवस्था सृजना गर्नुका साथै शुल्कमा सरल र एकरुपता कायम गर्न माग गर्दछौं’–विज्ञप्तिमा भनिएको छ–‘सामान्य विरामीलाई समेत चिकित्सकले उपचार र विभिन्न परीक्षणका नाममा कमिशनका लागि भारत रेफर गर्ने गरेको पाइएकाले त्यस्तो कार्य तत्काल बन्द गर्न माग गर्दछौं ।’

त्यसैगरी कतिपय संस्थाको नाममा भन्सार छुटमा सञ्चालित एम्बुलेन्सका  चालकले भारतका हस्पिटलमा सामान खरिद विक्री झैं कमिशनका लागि विरामी पु¥याउने गरेको पाइएको भन्दै त्यस्तो कार्य तत्काल बन्द गर्न समूहले माग  गरेको छ  । 

समूहले  उठाएका विषय र अभियानलाई प्रभावित पार्न केही सञ्चार माध्यममा सचेत नागरिक युवा समूहलाई लाञ्चित गर्ने गरी प्रकाशित सामग्री भ्रामक र पूर्वाग्रही भन्दै संस्थाले  आपत्ति प्रकट गरेको छ । ‘हामीलाई लाञ्छित गर्ने सञ्चारकर्मीको शैक्षिक योग्यताको प्रमाणपत्र नै नक्कली भएको भन्ने विषय सार्वजनिक भइसकेकोले त्यसको उचित छानविन गरी कार्वाही गर्न प्रेस काउन्सिल, पत्रकार महासंघ तथा प्रशासन समक्ष माग गर्दछौं’–विज्ञप्तिमा अगाडि उल्लेख छ–‘साथै हाम्रो सकारात्मक अभियानमा सहयोग गर्न अनुरोध गर्दै अहिलेसम्मको सहयोगको लागि सबै सञ्चारकर्मी मित्रहरुमा धन्यवाद ज्ञापन गर्दछौं ।’

आफूहरुले उठाएका  विषय र क्षेत्रबारे प्रभावकारी अनुगमन गरी दोषीलाई कडा कार्वाह ी गर्न को माग गर्दै सो समूहले माग उपर सुनुवाई नभए सशक्त खबरदारीका लागि सडकमा उत्रने जनाएको छ । 

समूहले विकृति अन्त्यका लागि सबै सञ्चारकर्मी, सञ्चारगृह, अधिकारकर्मी, नागरिक समाज, राजनीतिक दल, प्रशासन–प्रहरी सबैमा अनुरोध समेत गरेको छ । 

स्वास्थ्य क्षेत्रको विकृति उजागर गर्दै गुणस्तरीय र सहज रुपमा आम नागरिकको स्वास्थ्य उपचार पाउने अधिकार ग्यारेन्टीका लागि सचेत नागरिक युवा समूहले सशक्त अभियान सञ्चालन गरिरहेको विज्ञप्तिमार्फत स्मरण गराइएको छ । ‘स्वास्थ्य क्षेत्रमा अझै पनि धेरै विकृति रहेका छन्’– विज्ञप्तिमा भनिएको छ–‘हामी सचेत नागरिकको हैसियतले स्वास्थ्य तथा अन्य क्षेत्रका त्यस्ता विकृति उजागर गर्नुका साथै राज्यका नियमनकारी निकायको ध्यानाकर्षण गराएर जिम्मेवार व्यक्तिलाई जवाफदेही बनाउने कार्यमा निरन्तर लागी रहने छौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य