२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हुम्लाको अदानचुली गाउँपालिकाले बाँड्यो २४० सुधारिएका चुल्हा

२८ कार्तिक २०७७, शुक्रबार ०६:०४

कार्त्तिक २८,  सिमकोट । हुम्लाको अदानचुली गाउँपालिकाले २४० वटा सुधारिएका चुल्हा निःशुल्क वितरण गरेको छ । सरकारले अघि सारेको दिगो विकास लक्ष्यअनुसार गाउँपालिकालाई आगामी तीन वर्षभित्रमा धुँवारहित गाउँपालिका घोषणा गर्ने योजनाअनुसार वडा नम्बर १ का सबै घुरधुरीलाई पुग्ने गरेर सुधारिएको फलामे चुल्हो वितरण गरिएको गाउँपालिका अध्यक्ष दल फडेराले जानकारी दिनुभयो । 

“परम्परागत चुल्होका कारण गाउँका महिलाहरुको स्वास्थ्यमा नराम्रो असर परेको पालिकाले गरेको अध्ययनले देखाएको छ”, अध्यक्ष फडेराले भन्नुभयो, “परम्परागत चुल्होमा खाना पकाउँदा महिलामा पर्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै वडा नम्बर १ कल्खेका तीन गाउँलाई हामीले धुवाँरहित चुल्हो वितरणको काम शुरु गरेका हौँ ।”

गाउँपालिका, खानेपानी, सिँचाइ तथा जलस्रोत कार्यालय हुम्ला र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको संयुक्त पहलमा १ कल्खेका तीन गाउँबाट सुधारिएको चुल्हो वितरणको काम थालनी गरिएको वडा नं १ का वडाध्यक्ष रग्या थापाले जानकारी दिनुभयो । पालिकाकले हरेक वर्ष विनियोजन गरेको वडाको बजेटलाई विभिन्न निकायसँगको सहकार्यमा सुधारिएका चुल्हो खरिद गर्ने कार्यलाई अघि बढाएको उहाँले बताउनुभयो । वडाका सबै घरलाई धुवाँरहित चुल्हो वितरण गरेर निकट भविष्यमै धुवाँरहित वडा घोषणा गर्ने उहाँको भनाइ थियो । 

 गत आर्थिक वर्ष ०७६/०७७ को वार्षिक कार्यक्रमबाट रु पाँच लाख र खानेपानी, सिँचाइ तथा जलस्रोत कार्यालयको रु पाँच लाख ५० हजारबाट चुल्हो खरिद गरिएको उहाँले जानकारी दिनुभयो । अपुग रकम चालु आर्थिक वर्षको कार्यक्रमबाट व्यवस्था गरिने उहाँले बताउनुभयो । 

प्रतिचुल्हो खरिदमा रु नौ हजार पर्ने भए पनि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ५० प्रतिशत ( रु चार हजार ५००) अनुदानमा उक्त चुल्हो खरिद गरिएको हो । काठमाडौँमा तयार भएका चुल्हो सुर्खेतबाट बाजुरा हुँदै स्थलमार्गबाट बुधबार अदानचुली पुर्याइएको हो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट