जनकपुरको सडक दुर्घटनामा एकको मृत्यु

साझासवाल
1 Min Read

<p><b>कात्तिक २८, धनुषा ।</b> ढल्केवर–जनकपुर राजमार्गअन्तर्गत जनकपुरको मुजेलियामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।<br></p><p>मृत्यु हुनेमा धनुषाधाम नगरपालिका–१९ का ४५ वर्षीय विजय शर्मा रहेको प्रहरीले जनाएको छ । धनुषाधामबाट जनकपुरतर्फ आइरहेको बा२०प ६८३१ नम्बरको कार तीव्रगतिका कारण अनियन्त्रित भई पुलबाट तल पानीमा खसेर आज बिहान दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।&nbsp;</p><p>दुर्घटनामा गम्भीर घाइते भएका कार चालक शर्मालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लैजाने क्रममा बाटो मै मृत्यु भएको प्रहरीको भनाइ छ । शर्माको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ । रासस&nbsp;</p>

Share This Article
Leave a Comment

Leave a Reply