नन्दराम जैशी | साउन १६ जुम्ला | जंगली विषालु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | साउन १६ जुम्ला | जंगली विषालु"/>
२८ मंसिर २०८२, शनिबार
जुम्ला - JML

जुम्लामा जंगली विषालु च्याउ खाएर ४ जना सिकिस्त विरामी

१६ श्रावण २०७३, आईतवार १५:४२

नन्दराम जैशी | साउन १६ जुम्ला | जंगली विषालु च्याउ खाएर जुम्ला खल्ला गाउँका ४ जना सिकिस्त विरामी भएका छन् । विरामी सबैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भैरहेको छ । विषालु च्याउ खाएर बिरामि हुनेमा चन्दननाथ नगरपालिका १४ खल्ला गाउँका वर्ष ३६ का रामप्रसाद चौलागाइ, उहाँकी श्रीमति वर्ष ३५ का भविसरा चौलगाइ र उहाँका छोरा वर्ष ५ का तिलक चौलागाई रहनुभएको छ ।

यस्तै सोहि गाँउकै वर्ष २० का रत्ना चौलागाइ पनि च्याउ खाएर विरामी पर्नु भएको स्थानीय देउऋषि चौलागाइले बताए । विरामी मध्ये रामप्रसाद चौलागाइ र उहाँका वर्ष ५ का छोरा तिलक चौलागाईको अवस्था चिन्ताजनक रहेको उपचारमा संलग्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सिङ अपिसर समिक्षा अर्यालले बताइन् । अन्य २ जनाको अवस्था सामान्य रहेको उनको भनाइ छ । जंगली च्याउ खाएपछि रिंगटा लाग्ने, वाकवाक हुने लगाएतका समान्य लक्षण देखिएपछि बेहोस भएर विरामी परेको विरामीहरु स्वयमले बताए । विरामी रत्ना चौलागाइका बुबा कृष्ण भक्त चौलागाइले आफुले खाना खाएर च्याउ खाएपछि कुनै असर नगरेकोभन्दै च्याउ खाएकै कारण छोरी बिरामि परेपछि उपचारका लागि प्रतिष्ठान आएको बताए ।

विगत १५ वर्ष देखि घर बारिह बस्दै आउनु भएका बिरामि रामप्रसाद चौलागाइका परिवारले जंगली च्याउ पहिले देखि खाने गरेको बताएइएको छ । चौलागाइका दम्पतिलाई प्रतिष्ठानमा उपलब्ध भएका सबै औषधि प्रयोग गरिएको र कृत्रिम श्वासप्रसाश पनि गराइएको प्रतिष्ठानले जनाएको छ । साथै चिकित्सकले अरुलाइ अहिलेको समयमा जंगलमा पाइने च्याउ जथाभावी नखान आग्रह गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने