Skip to content
Saturday, July 18, 2026 Nepali Online Media
November 15, 2020 दाङ्ग - DNG, समाज

देउखुरीमा ट्रकको ठक्करबाट मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>कात्तिक ३०, दाङ | दाङको देउखुरीमा ट्रकको ठक्करबाट&nbsp; एक महिलाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही–भालुवाङ सडकखण्डको लमही नगरपालिका – १ नर्तीमा ना ६ ख ४६७ नम्बरको ट्रकको ठक्करबाट आज बिहान अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको हो ।&nbsp;<br></p><p>विराटनगरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते भएकी पहिचान नखुलेकी ती महिलालाई लमही अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।&nbsp;</p><p>जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले ठक्कर दिएर भागेको&nbsp; ट्रकलाई लमही –९ रिहारबाट नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।&nbsp; महिलाको शव भने परीक्षणका लागि लमही अस्पतालमा राखिएको बताइएको छ । रासस&nbsp;</p>