३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

आँगनमा अब प्रत्येक घण्टा समाचार

१ कार्तिक २०७२, आईतवार ०८:४४

Aagan Fmकात्तिक
१, बिर्तामोड (सास) ।
आँगन एफएम ८९.६ मेगाहर्ज विर्तामोडले घटस्थापनाको अवसर पार्दै दैनिक
समाचार बुलेटिनमा थप गरेको छ ।

हाल दैनिक १८ घण्टा प्रशारण
भइरहेको एफएमले अब प्रत्येक घण्टा समाचार बुलेटिन प्रशारण गर्ने भएको हो ।

प्रबन्ध निर्देशक ईन्द्रजित मुखियाका अनुसार विभिन्न मनोरन्जनात्मक, सूचनामुलक कार्यक्रमका
साथै उज्यालो नाईन्टी नेटवर्क, बिबिसी बिहानीपख र बेलुकी पखको समाचार प्रसारण गर्दै आएको एफएमले
श्रोताको चाहानालाई मध्यनजर गर्दै समाचार बुलेटिन थप गरेको हो ।

हालका समाचारमूलक
कार्यक्रमहरुः

बिहान ५ बजेदेखि नै प्रत्येक घण्टा छिटो
र विश्वको ताजा समाचार दिने बिबिसी अंग्रेजी बुलेटिन एक मिनेट प्रशारण भइरहेको छ ।

त्यस्तै, ५ः३० बजे आफ्नै उत्पादनमा रिपोर्ट र भक्सपप सहितको समाचार, ६ बजे
उज्यालो नाईन्टी नेटवर्कको काया कैरन, ६ः३० बजे स्थानीय तथा राष्ट्रिय पत्रपत्रिकाहरुको समाचार, ७ः१५ मा
बिबिसीको बिहानी पख, ८ बजे न्यूज हाइलाइटस्, ९ बजे उज्यालो नाईन्टी नेटवर्कको नेपाल खबर, १० बजे न्युज
हाईलाईट्स, ११ बजे आँगन समाचार, १२ बजे उज्यालोको नेपाल खबर, दिउँसो १ बजे आँगन समाचार, २ बजे न्यूज
हाइलाइट, ३ बजे उज्यालोको नेपाल खबर, बेलुकी ४ बजे आँगन समाचार र ५ः३० बजे रिपोर्ट र भक्सपप सहितको आँगन
समाचार, ७ बजे न्यूज हाइलाइट्स, ८ बजे उज्यालोको नेपाल दर्पण र ९ः१५ मा बिबिसीको साँझपख सुन्न सकिने
जनाइएको छ ।

प्रभावकारी बनाइनेः

विश्वसनीय तथा ताजा समाचारमार्फत सहि सूूचना पुर्याउन प्रत्येक घण्टा
समाचारको अवधारणा ल्याइएको समाचार प्रमुख दिपेन लावतीले जनाएका छन् । स्थापना कालको छोटो अवधिमै
मनोरञ्जन र सूचनाको क्षेत्रमा नयाँ पहिचान बनाउँदै गरेको यस एफएमले भविष्यमा अझ बढि प्रभावकारी
कार्यक्रम र समाचारमूलक सामाग्री प्रशारण गर्दै जाने अध्यक्ष तपिल प्रकाश राईले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट