प्रकाश बम | श्रावण १६, डोटी | सार्वजनिक यातायात समितिल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश बम | श्रावण १६, डोटी | सार्वजनिक यातायात समितिल"/>
२८ मंसिर २०८२, शनिबार
डोटी - DT

सार्वजनिक यातायात समितिले गरेको बन्द सोमबारदेखि सुुचारु

१६ श्रावण २०७३, आईतवार १६:०४

प्रकाश बम | श्रावण १६, डोटी | सार्वजनिक यातायात समितिले गरेको बन्द सोमबार देखि सुुचारु हुने भएको छ । वडीमालिका यातायात प्रालिका बसहरु चल्न नपाउने भन्दै ८ बस समितिहरुले यातायात अनिश्ति कालिन बन्दको शुक्रबार एक संयुक्त प्रेश बिज्ञप्तीजारी गर्दै घोषणा गरेको थियो ।

दुई दिन देखि बन्द रहेको सार्वजनिक यातायातका बिषयमा आईतबार कैलालिका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको संयोजकत्वमा बसेको सर्वदलिय बैठकको छलफलपछि यातायात सुचारु गर्ने निर्णय गरीएको हो । शुक्रबार पक्राउ परेका पाँच जनालाई विना शर्त रिहा गर्ने, बडि मालिकाका यातायात प्रालीका अध्यक्ष कान्छा महर्जनलाई १ हप्ताभित्र उपस्थित गराउने, अब बस्ने यातायात व्यवस्थापन समितिको बैठक सम्म बडि मालिकाको यातायात बन्द गर्ने लगायतका सहमति पछि सार्वजनिक यातायात संचालन गर्न व्यवसायीहरु सहमत भएका हुन ।

सुदूरपश्चिम यातायात व्यवसायी संघका अध्यक्ष एवं संयुुक्त आन्दोलन परिचालन समितिका संयोजक टेकराज जोशीले माथि भएका बुुदाहरुमा सहमति रहेको बताउँदै वैठक सम्पन्न भएको जनाएको छ । 

शुक्रबार बडि मालिका यातायात प्राली चलेको विषयलाई लिएर प्रहरीले हस्तक्षेप गरि मजदुरहरु पक्राउ गरेको विषयलाई लिएर सुदुरपश्चिमका ९ ओटा यातायात व्यवसायीहरुले अनिश्चितकालिन बन्दको आह्वान गरेको थियो ।

दुई दिन देखि यातायात सेवा बन्द हुदा यात्रुहरुले निकै सास्ति खेप्नु परेको थियो । यातायात सुचारु भएको खबरले लामो दुरीमा जाने यात्रुहरु खुसि भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने