२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

५८ बोतल एसिडसहित एक व्यापारी पक्राउ

३० कार्तिक २०७७, आईतवार १४:३७

कात्तिक ३०, धनुषा । जनकपुरधाममा एसिड बिक्रीवितरण गरेको आरोपमा एक व्यापारीलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जनकपुरधामबाट ५८ बोतल एसिडसहित एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको हो ।

शनिबार जनकपुरमा भएको एसिड प्रहार घटनामा प्रहरीले अनुसन्धान गर्ने क्रममा ५८ बोतल एसिडसहित स्थानीय व्यापारी नागेन्द्र साहलाई पक्राउ गरेको छ । शनिवार श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने जनकपुरधाम वडा नंं २० देवपुरा घर भएका २४ वर्षीय सञ्जीव साहलाई घटना लगत्तै प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्दै जाँदा एसिडका बिक्रेतालाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पहिले पनि करेन्ट लगाउनुका साथै मट्टीतेल खन्याएर आगो लगाउनेसम्मको यातना जनकपुरधाम उपमहानगरपालिका वडा नं ७ जानकीनगर माइती भएकी आरती साहको चार वर्षअघि जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठाका सञ्जीव साहसँग सामाजिक परम्पराअनुसार विवाह भएको थियो ।

विवाह भएको केही समय पश्चात नै सञ्जीव रक्सी खाएर घर आउने र आफूलाई कुटपिट गर्ने गरेको आरतीले बताउनुभयो । यसरी बारम्बार यातना दिँदा पनि घरमै सहेर बसेको तर, सञ्जीवका पिताले समेत आफूमाथि गलत नजर राख्न थालेपछि घर छाड्न बाध्य भएको उहाँले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य