२०८२, १८ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

तिहारमा फूलको अभाव, ग्राहक रित्तै फर्किन बाध्य

२०७७, १ मंसिर सोमबार ०४:४७

मङ्सिर १, रामपुर । यस वर्षको तिहारमा फूलको अभाव भएको छ । पुष्प व्यवसाय गर्ने कमै हुँदा पाल्पामा फुलको अभाव सिर्जना भएको हो । गत वर्षको तिहारमा सयपत्री फूलको राम्रो उत्पादन गर्नुभएका रामपुरका दिलबहादुर थापा र लालबहादुर थापाले यो वर्ष फूलको माग बढी रहेकाले पुर्याउनै नसकिएको बताउनुभयो । 

उहाँहरूले पाल्पा सदरमुकाम तानसेनदेखि करिब ६५ किलोमिटर पूर्वमा पर्ने रामपुर नगरपालिकामा पहिलो पटक पुष्प व्यवसाय सञ्चालन गर्नुभएको छ । “फूलको व्यापार असाध्यै राम्रो भयो, तिहारका बेला धेरै ग्राहकलाई खाली हात फर्काउनु परेको छ, बाहिरी बजार तथा स्थानीयस्तरबाट फूलको माग ह्वात्तै बढ्दा पुर्याउन समस्या भयो”, दिलबहादुरले भन्नुभयो ।

गत वर्ष परीक्षणका रूपमा एक रोपनी क्षेत्रफलमा सयपत्री फूल लगाइएको थियो भने उत्पादन राम्रो र माग बढेपछि यो वर्ष तिहार लक्षित दुई रोपनी जग्गामा सयपत्री फूल लगाइको लालबहादुरले बताउनुभयो । तिहारको समयमा फूल बिक्रीबाट रु दुई लाख बराबरको कमाइ भएको छ । गतवर्ष यस व्यवसायबाट रु एक लाख आम्दानी भएको थियो । यस पटकको तिहारमा नेपालगञ्जमा ५० किलो फूल, बुटवल बजारमा ५० किलो फूल र दुई सय ५० वटा माला खपत भएको छ । दिलबहादुरका अनुसार विभिन्न जिल्लाबाट धेरै माग आए पनि पुर्याउन सकिएको छैन । थोकमा प्रतिमाला रु ८०, फुटकर रु १००, फूल थोकमा प्रतिकिलो मुल्य रु ३०० र फुटकर रु ४०० मा बिक्री भएको छ ।

तिहारका लागि माला तथा फूल खरिद गर्न पुग्नुभएकी नारायणी अर्याल खाली हात फर्कनुभयो । “फूल र माला किन्नका लागि आउँदा बोट नै रित्तिसकेछ, तिहारको अघिल्लो दिनमै फूल सकिँदा म जस्ता धेरै ग्राहक खाली हात फर्कन बाध्य भएका छन्”, उहाँले भन्नुभयो ।

गतवर्ष तिहार लक्षित गरी परीक्षणका लागि लगाइएको फूलको सफल उत्पादनले पुनः दोस्रो पटक गत फागुन चैतमा उत्पादन हुने गरी लगाइयो । उत्पादनको समय बन्दाबन्दीले फूल बिक्री गर्न नपाई बोटमै ओइलाएर गयो । पुनः तिहार लक्षित गरी लगाइएको फूलले सोचेभन्दा राम्रो उत्पादन दिएको व्यवसायी बताउँछन् ।

बाहिरी बजार र स्थानीयवासीबाट फूलको माग बढ्न थालेपछि व्यवसायिकतालाई अगाडि बढाएको दिलबहादुर थापाको भनाइ छ । करिव १० वर्ष विदेश बसेर स्वदेश फर्कनुभएका थापाले दुई वर्षयता जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आउनुभएको छ । छोटो समयमा नै रामपुरमा कृषि व्यवसायमा नमूना व्यवसायीका रूपमा पहिचान बनाउन सफल हुनुभएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने