२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

तिहारमा फूलको अभाव, ग्राहक रित्तै फर्किन बाध्य

१ मंसिर २०७७, सोमबार ०४:४७

मङ्सिर १, रामपुर । यस वर्षको तिहारमा फूलको अभाव भएको छ । पुष्प व्यवसाय गर्ने कमै हुँदा पाल्पामा फुलको अभाव सिर्जना भएको हो । गत वर्षको तिहारमा सयपत्री फूलको राम्रो उत्पादन गर्नुभएका रामपुरका दिलबहादुर थापा र लालबहादुर थापाले यो वर्ष फूलको माग बढी रहेकाले पुर्याउनै नसकिएको बताउनुभयो । 

उहाँहरूले पाल्पा सदरमुकाम तानसेनदेखि करिब ६५ किलोमिटर पूर्वमा पर्ने रामपुर नगरपालिकामा पहिलो पटक पुष्प व्यवसाय सञ्चालन गर्नुभएको छ । “फूलको व्यापार असाध्यै राम्रो भयो, तिहारका बेला धेरै ग्राहकलाई खाली हात फर्काउनु परेको छ, बाहिरी बजार तथा स्थानीयस्तरबाट फूलको माग ह्वात्तै बढ्दा पुर्याउन समस्या भयो”, दिलबहादुरले भन्नुभयो ।

गत वर्ष परीक्षणका रूपमा एक रोपनी क्षेत्रफलमा सयपत्री फूल लगाइएको थियो भने उत्पादन राम्रो र माग बढेपछि यो वर्ष तिहार लक्षित दुई रोपनी जग्गामा सयपत्री फूल लगाइको लालबहादुरले बताउनुभयो । तिहारको समयमा फूल बिक्रीबाट रु दुई लाख बराबरको कमाइ भएको छ । गतवर्ष यस व्यवसायबाट रु एक लाख आम्दानी भएको थियो । यस पटकको तिहारमा नेपालगञ्जमा ५० किलो फूल, बुटवल बजारमा ५० किलो फूल र दुई सय ५० वटा माला खपत भएको छ । दिलबहादुरका अनुसार विभिन्न जिल्लाबाट धेरै माग आए पनि पुर्याउन सकिएको छैन । थोकमा प्रतिमाला रु ८०, फुटकर रु १००, फूल थोकमा प्रतिकिलो मुल्य रु ३०० र फुटकर रु ४०० मा बिक्री भएको छ ।

तिहारका लागि माला तथा फूल खरिद गर्न पुग्नुभएकी नारायणी अर्याल खाली हात फर्कनुभयो । “फूल र माला किन्नका लागि आउँदा बोट नै रित्तिसकेछ, तिहारको अघिल्लो दिनमै फूल सकिँदा म जस्ता धेरै ग्राहक खाली हात फर्कन बाध्य भएका छन्”, उहाँले भन्नुभयो ।

गतवर्ष तिहार लक्षित गरी परीक्षणका लागि लगाइएको फूलको सफल उत्पादनले पुनः दोस्रो पटक गत फागुन चैतमा उत्पादन हुने गरी लगाइयो । उत्पादनको समय बन्दाबन्दीले फूल बिक्री गर्न नपाई बोटमै ओइलाएर गयो । पुनः तिहार लक्षित गरी लगाइएको फूलले सोचेभन्दा राम्रो उत्पादन दिएको व्यवसायी बताउँछन् ।

बाहिरी बजार र स्थानीयवासीबाट फूलको माग बढ्न थालेपछि व्यवसायिकतालाई अगाडि बढाएको दिलबहादुर थापाको भनाइ छ । करिव १० वर्ष विदेश बसेर स्वदेश फर्कनुभएका थापाले दुई वर्षयता जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आउनुभएको छ । छोटो समयमा नै रामपुरमा कृषि व्यवसायमा नमूना व्यवसायीका रूपमा पहिचान बनाउन सफल हुनुभएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ