सन्तोषकुमार गुप्ता । साउन १७, देउखुरी । व्लड क्यान्सरबाट पिडित पत्रकार अर्जुन महराको उपचारका क्रममा आईतबार निधन भएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । साउन १७, देउखुरी । व्लड क्यान्सरबाट पिडित पत्रकार अर्जुन महराको उपचारका क्रममा आईतबार निधन भएक"/>
2026-09-19 03:16 PM
दाङ्ग - DNG

रहेनन् पत्रकार अर्जुन महरा

सन्तोषकुमार गुप्ता । साउन १७, देउखुरी । व्लड क्यान्सरबाट पिडित पत्रकार अर्जुन महराको उपचारका क्रममा आईतबार निधन भएको छ । करिब एक महिना देखि काठमाडौमा उपचारर्थ २२ बर्षीय महराको मध्यान्ह १२ बजे काठमाडौंको नेपाल क्यान्सर हस्पिटल हिरिशिद्धीमा निधन भएको हो ।

करिब एक महिना सिभिल हस्पिटलमा उपचार गराएर थप उपचारका लागि गएको ६ गते नेपाल क्यान्सर हस्पिटलमा महरालाई भर्ना गरिएको थियो । रक्त क्यान्सर, हड्डी भित्रको मासी, मुटुमा समस्या र निमोनियाबाट समेत पिडित पत्रकार महराको उपचारकै क्रममा निधन भएको पत्रकार महराको रेखदेखमा रहेका मामा हेमबहादुर खत्रीले हस्पिटलवाट जानकारी दिनु भयो । लमही नगरपालिका ११ रातोडाँडा निवासी महरा ३ बर्ष देखि पत्रकारितामा क्रियाशिल हुनुहुन्थ्यो ।

दुई बर्ष देउखुरीको हाईवे एफएममा काम गर्नु भएका पत्रकार महरा पछिल्लो समयमा रेडियो मध्यपश्चिममा कार्यरत हुनुहुन्थ्यो । परिवार र आफन्तिहरु काठमाडां पुगेकाले महराको अन्तिम संस्कार काठमाडौ मै गरिने भएको छ ।

विभिन्न सञ्चार संस्थाद्धारा महराको निधन प्रति दुःख व्यक्त 

यसैबीच देउखुरी टुडे साप्ताहिकले दङ्गाली जुझारु युवा सञ्चारकर्मी अर्जुन महराको निधन प्रति दुःख व्यक्त गरेको छ । साप्ताहिकका प्रकाशक÷सम्पादक सन्तोषकुमार गुप्ताले शोक वक्तव्य जारी गदै एक लगनशिल, मेहन्ती सञ्चारकर्मी गुमाउँदा सिंगो सञ्चार जगतलाई नै दुखी तुल्याएको जारी बक्तव्यमा उल्लेख छ ।

साथै मृतक महरा प्रति गहिरो समवेदना र परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्रदान होस भनी कामना गरिएको जारी विक्तव्यमा भनिएको छ । यसैबीच आफ्ना कर्मचारी पत्रकार महराको निधन प्रति रेडियो मध्यपश्चिमले दुःख व्यक्त गरेको छ । रेडियोका कार्यबहाक अध्यक्ष सुशील गौतम र समाचार सम्पादक निमुसंगम घर्तीले शोक बक्तव्य जारी गर्दै मेहनती र जुझारु कर्मचारीको असामहीक निधनले आफूहरु शोकाकुल बनेको उल्लेख छ । जारी बक्तत्वयमा मृतक प्रति श्रद्धान्जली र परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्रदान होस भन्ने कामना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह