२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

कोरोना सङ्क्रमणबाट दार्चुलामा एकको मृत्यु

१ मंसिर २०७७, सोमबार १०:०८

मङ्सिर १, दार्चुला । श्वास फेर्न गाह्रो भएर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएका दुहु गाउँपालिका–२ का ३० वर्षीय युवामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनलाई दुई दिन अघिदेखि श्वास फेर्न गाह्रो भएको थियो । नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रमा कार्यरत कर्मचारीको जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि थप उपचारको लागि धनगढी लैजाने क्रममा बैतडीको सतबाजमा मृत्यु भएको थियो । 

कोरोनासँग मिल्दोजुल्दो लक्षण भएपछि स्याब सङ्कलन गरी कोरोना परीक्षण गर्दा उनको कोरोना पोजेटिभ देखिएको बैतडी अस्पतालका प्रयोगशाला प्रमुख श्यामराज जोशीले जानकारी दिनुभयो । जिल्ला अस्पतालको आकस्मिक र प्रसुति सेवाबाहेकको अन्य सेवा बन्द गरिएको छ । ती युवकको उपचारमा अस्पतालका कर्मचारी खटिएका कारण कोरोनाको जोखिमलाई मध्यनजर गर्दै अस्पतालले आजदेखि आकस्मिकबाहकेका सबै सेवा बन्द गरिएको अस्पतालका डा गजेन्द्र दुवालले बताउनुभयो । अस्पतालले आकस्मिक र प्रसुति सेवाबाहेकका अन्य सेवा अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान