प्रकाश बम, साउन १६, डोटी  । गाठे मंगले पर्व आज डोटीको सदरमुकाम सिलगढीमा पनि धुमधामका साथ मनाईदै छ । बिहा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश बम, साउन १६, डोटी  । गाठे मंगले पर्व आज डोटीको सदरमुकाम सिलगढीमा पनि धुमधामका साथ मनाईदै छ । बिहा"/>
२८ मंसिर २०८२, शनिबार
डोटी - DT

गाठे मंगल पर्व सिलगढीमा पनि मनाइदै

१७ श्रावण २०७३, सोमबार ०६:०६

प्रकाश बम, साउन १६, डोटी  । गाठे मंगल पर्व आज डोटीको सदरमुकाम सिलगढीमा पनि धुमधामका साथ मनाईदै छ । बिहानै देखि बाटो बाटोमा पर्व मनाउनेहरु लाम लागेर मनाईरहेका छन् ।

एउटा लामो रसिमा सिस्नो बाधेर बाटो छेकी आवात जावत गर्नेहरुलाई रोकेर दक्षिणा माग्ने चलन रहेको छ । गाठे मंगले दान दिनुहोस्, घैटे सर्प पैसा दिनुहोस् भन्दै बाटो बाटोमा गाठे मंगलेको तस्विर बनाएर माग्ने चलन छ । यो पर्व परापुर्व काल देखि मनाउदै आएको दिपायल सिलगढी नगरपालिका १ का ७६ बर्षिया बृद्ध नहकुल बहादुर सिँहले बताए ।

शुरुमा राक्षस र देवताको लडाई भयो । भगवान संग रिस मानेर राक्षस भागेर गयो । त्यस पछि त्यसले दुईकानमा घण्ट झुडाएर भगवानको नाम नसुनियोस् भनेर हिड्यो तर पछि राम भगवानले दर्शन दियो । त्यस पछि मात्र यसलाई लोकले मान्यता दियो ।  अनि यो पर्वलाई मान्ने गरेको उनि सिँह बताउछन् । त्यति मात्र नभएर यसले चाड पर्व भित्रिएको समेत संकेत गर्ने गर्छ  सिलगढीमा ब्यापार गर्दे आएका केशब खड्काले बताए । पर्वको दिन हल्करा बाहेका अन्य वाटोमा आवत जावत गर्ने सँग गाठे मंगलेको रक्षाको लागि भन्दै पैसा लिने चलन रहिआएको छ । हल्कारालाई चिठि पत्र सम्बन्धित ठाउमा पुगाउन ढिलो हुन्छ भनेर पहिला हाम्रोपालमा छोड्ने गर्दथ्र्यौ नहकुल सिँह बताउनु हुन्छ ।

बिहान देखि दिउँसो सम्म यो पर्व मनाएर पछि गाठे मंगललाई सेलाउने समेत चलन रहेको पाईन्छ । यसमा आफ्नो श्रद्धाले एक रुपैया देखि जति पनि लिने गरीन्छ । जवरजस्ति यति रुपैया दिनु पर्छ भनेर कर काप समेत नगर्ने गरेको पाईन्छ । अहिले रुपैया दिन नसक्नेलाई समेत हामिले छोड्ने गरेका छौ अनिल सिँले बताए । उठेको रुपैयाले भोज खाने प्रचलन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने