साउन १७, दाङ । दाङमा बाढीले बगाउँदा एक जना व्यक्तिको मृत्यु भएको छ । मृतक दाङको तुलसीपुर–६ कपडादेवी निवासी ३३ वर्षीय धर्मु चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिनुभयो ।
स्थानीय पातुखोला तर्ने क्रममा चौधरीलाई बगाएको हुनसक्ने प्रहरीले जनाएको छ । तुलसीपुर नगरपालिका–९ अमृतनगर टोलस्थित पातुखोलाको किनारामा आज बिहान चौधरीको शव फेला परेको हो । चौधरीको शव परीक्षणका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा लगिएको प्रहरीले जनाएको छ । रासस