साउन १७, भक्तपुर । नेपाल नापित समाजको तेस्रो केन्द्रीय महाधिवेशनले नारायण नापितको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । 

नयाँ कार्यसमितिमा उपाध्यक्ष राजन नापित, महासचिव ज्ञानबहादुर नापित, सचिव श्यामहरि नापित, कोषाध्यक्ष म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १७, भक्तपुर । नेपाल नापित समाजको तेस्रो केन्द्रीय महाधिवेशनले नारायण नापितको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । 

नयाँ कार्यसमितिमा उपाध्यक्ष राजन नापित, महासचिव ज्ञानबहादुर नापित, सचिव श्यामहरि नापित, कोषाध्यक्ष म"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

तेस्रो महाधिवेशनले नापित समुदायको नयाँ नेतृत्व चयन

१७ श्रावण २०७३, सोमबार ०६:४९

साउन १७, भक्तपुर । नेपाल नापित समाजको तेस्रो केन्द्रीय महाधिवेशनले नारायण नापितको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । 

नयाँ कार्यसमितिमा उपाध्यक्ष राजन नापित, महासचिव ज्ञानबहादुर नापित, सचिव श्यामहरि नापित, कोषाध्यक्ष माधव नापित हुनुहुन्छ । यस्तै सदस्यहरुमा राजेन्द्र नापित, पवित्रा नापित, जिनेश्वरी नापितलगायतका सदस्यहरु सर्वसम्मत चयन भएका हुन् । 

समुदायको हकहित तथा अधिकारका लागि स्थापना भएको देशभरका नापितहरुको छाता सङ्गठन नेपाल नापित समाजको तेस्रो केन्द्रीय महाधिवेशनले तीन वर्षे नयाँ कार्यसमिति चयन गरेको हो । 

कार्यक्रममा गतवर्षे वैशाख १२ गतेको भूकम्पबाट पीडितलाई विशेष सहयोग गरेबापत नापित कल्याणकारी कोषका अध्यक्ष मध्यपुर थिमिका राजन नापितलाई कदरपत्र प्रदान गर्दै सम्मान गरिएको थियो । 

त्यस अवसरमा नापित समुदायबाट एसएलसी परीक्षा उत्तीर्ण गरेका छात्रछात्रालाई सम्मान पनि गरिएको थियो । 

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष नगेन्द्र कुमालले नापित समुदायको आर्थिक, शैक्षिक तथा पेसागत हितमा सहकार्य गर्न तयार रहेको बताउनुभयो । 

कार्यक्रममा नेपाल नापित समाजका निवर्तमान केन्द्रीय अध्यक्ष पुरुषोत्तम नापित, सल्लाहकार आनन्दवन अस्पतालका प्रमुख डा इन्द्र नापित, कृष्णप्रसाद नापित, टङ्कमान नापितलगायतले आफ्नो पहिचानलाई गुम्न दिन नहुनेमा जोड दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ