मङ्सिर ७, सिन्धुपाल्चोक (रासस) । भोटेकोशी गाउँपालिका–१ स्थित लिस्ती काङ्लाङवासीको स्वास्थ्य सेवा लिन चार घण्टाको पैदल हिँडनुपर्ने अवस्था शनिबारदेखि हटेको छ ।

गाउँमै एकाइ स्वास्थ्यचौकी निर्माण भएपछि उनीहरुको पैदल हिँडेर स्वास्थ्य सेवा लिन जानुपर्ने अवस्था हटेको हो ।

लिस्ती काङ्लाङमा निर्माण भएको एकाइ स्वास्थ्यचौकीको शनिबार वाग्मती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले उद्घाटन गर्नुभयो ।

अब काङ्लाङवासीले घाउ जाँच, गर्भवती जाँच, ओपिडी, खोप सञ्चालन, गाउँघर क्लिनिकलगायत सेवा सोही स्वास्थ्यचौकीबाट पाउने भएका छन् ।

सो एकाइ स्वास्थ्यचौकी सङ्घीय सरकारको विशेष अनुदानबाट निर्माण भएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो ।

Related News