२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लामा भिन्नै कोभिड अस्पताल बनाउने विपत् व्यवस्थापनको निर्णय

८ मंसिर २०७७, सोमबार ०४:४२

मङ्सिर ८, सिञ्जा । जुम्लामा जिल्ला विपत् व्यवस्थापन समितिले सुविधासम्पन्न कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । विपत् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

कोरोना सङ्क्रमित र अन्य बिरामी उपचार गर्न एउटै अस्पताल (कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला) भएपछि कोभिड अस्पताल छुट्टै बनाउनुपर्ने अवस्था आएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताउनुभयो । जिल्ला खेलकूद विकास समितिको कभर्ड हलनजिक रहेको पूर्वाधार विकास कार्यालयको भवनमा कोभिड अस्पताल बनाउने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

अस्थायी कोभिड अस्पतालका लागि आवश्यक भवन खोजी गर्न गठित समितिले पेस गरेको प्रतिवेदनको आधारमा पूर्वाधार विकास कार्यालय रहेको भवनमा कोभिड अस्पताल बनाउने निर्णय भएको हो । उक्त भवनमा रहेको पूर्वाधार विकास कार्यालय जिल्ला समन्वय समितिभित्र रहेको तत्कालीन जिल्ला प्राविधिक कार्यालय रहेको भवनमा स्थानान्तरण गर्ने निर्णय पनि भएको छ । 

त्यसैगरी कोरोना सङ्क्रमितलाई उपचारका लागि अस्पतालसम्म ल्याउनका लागि एम्बुलेन्सको पनि व्यवस्थापन गरिएको छ । यहाँका सात स्थानीय तहले कोभिड एम्बुलेन्सको भाडास्वरूप चार महिनामा रु ८६ हजारका दरले उपलब्ध गराउने गरी व्यवस्थापन गरिएको हो । जुम्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ४०४ पुगेको छ । तीन सय ७१ सङ्क्रमित निको भएर घर फिर्ता भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका अन्य बिरामीको जोखिमलाई मध्यनजर गर्दै भिन्नै कोभिड अस्पताल बनाउने यसअघिको प्रस्तावमा सहायक प्रमुख जिल्ला अधिकारी देवकोटाको संयोकत्वमा पूर्वाधार कार्यालय, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, नेपाल पत्रकार महासङ्घ र नागरिक समाज समेटेर पाँच सदस्यीय समिति गठन गरिएको थियो ।

समितिले अनुगमन गरी प्रतिवेदन दिएपछि सोही आधारमा जिल्ला विपत् व्यवस्थापन समितिले निर्णय गरेको हो । यसैगरी जिल्ला विपत् व्यवस्थापन समितिले हिमपात पूर्वतयारी कार्ययोजना पारित गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान