2026-06-19 11:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा कुटपिटबाट एक जनाको मृत्यु

2020-11-23

मंसिर ८, रोल्पा | रोल्पामा कुटपिटबाट घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ| जिल्लाको रोल्पा नगरपालिका वडा नं. ५ छापाका २८ वर्षीय मोहन विकको कुटपिटबाट घाइते भएका स्थानीय ५६ वर्षीय भिमराज घर्तीको उपचारका क्रममा मृत्यु भएको हो |

मंसिर ४ गते राति १० बजेको समयमा मदिरा सेवन गरी आपसमा भनाभन हुँदा बिकले घर्तीलाई कुटपिट गरेका थिए | घाइते घर्तीलाई उपचारको लागि प्युठान जिल्लाको स्वास्थ्य चौकीमा लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि मंसिर ६ गते दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो |

प्रतिष्ठानमा पनि उपचार सम्भव नभएपछि मंसिर ७ गते बेलुका ५ बजे थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा ‘रिफर’ गरिएकोमा उपचारका क्रममा राति १० बजे मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जानकारी दिएको छ |

घर्तीलाई कुटपिट गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ