साउन १७, म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका २० भन्दा बढी गाविसलाई सदरमुकामसँग जोड्ने बेनी–दरवाङ सडक डेढ महिनादेखि अवरुद्ध छ । 

बेनी नगरपालिका–१३ स्थित फापरखेत र बाबियाचौर–५ लाम्पाटामा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो । पह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १७, म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका २० भन्दा बढी गाविसलाई सदरमुकामसँग जोड्ने बेनी–दरवाङ सडक डेढ महिनादेखि अवरुद्ध छ । 

बेनी नगरपालिका–१३ स्थित फापरखेत र बाबियाचौर–५ लाम्पाटामा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो । पह"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

बेनी–दरवाङ सडक डेढ महिनादेखि अवरुद्ध

१७ श्रावण २०७३, सोमबार ०९:५९

साउन १७, म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका २० भन्दा बढी गाविसलाई सदरमुकामसँग जोड्ने बेनी–दरवाङ सडक डेढ महिनादेखि अवरुद्ध छ । 

बेनी नगरपालिका–१३ स्थित फापरखेत र बाबियाचौर–५ लाम्पाटामा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो । पहिरोका कारण सिधा सवारी सञ्चालन नहुँदा यातायात सेवाका साथै ढुवानीमा समस्या भएको छ । 

सडक डिभिजन कार्यालयले मर्मतका लागि बेवास्ता गरेको म्याग्दी जिप तथा बस सञ्चालक समितिका कार्यालय प्रमुख देवेन्द्र पौडेलले बताए । समितिले यसअघि एकपटक मर्मत गरेर सडक खुलाएको केही दिनमै पुनः अवरुद्ध भएको थियो । 

यसअघिका वर्षमा जिविसले मर्मतसम्भार गर्दै आएको बेनी–दरवाङ सडक गत आवमा सडक विभागलाई हस्तान्तरण भएको थियो । 

बागलुङस्थित सडक डिभिजनले बेनी–जोमसोम सडकलाई मात्रै प्राथमिकता दिएको र बेनी–दरवाङ सडकको पहिरो पन्छाउन ध्यान नदिएकाले सर्वसाधारणले गुनासो गर्न थालेका स्थानीय विकास अधिकारी चिरिञ्जवी पौडेलले बताए । 

सडक डिभिजन कार्यालय बागलुङका इञ्जिनियर नारायण पौडेलले उपकरण नहुँदा समस्या भएको बताए । डिभिजनसँग भएका तीनवटा डोजरमध्ये एकवटा बेनी–मालढुङ्गा, अर्को बेनी जोमसोम र एउटा बागलुङ–बुर्तिवाङ सडक मर्मतमा परिचालन भएको छ । 

दिनहुँजसो पहिरो खसेर अवरुद्ध हुने मालढुङ्गा–बेनी सडक मर्मतका लागि राखिएको डोजर लगेर केही दिनभित्रै बेनी–दरवाङ सडक मर्मत गर्ने इञ्जिनियर पौडेलले बताए । उनका अनुसार म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक खुलाउन मर्मत कार्य जारी छ । 

चमेरे, बैसरी, काभ्रे र घाँसा क्षेत्रमा दुईवटा डोजर परिचालन गरेर मर्मत कार्यलाई तीव्र पारिएको इञ्जिनियर पौडेलले बताए । निरन्तरको वर्षा, हिलो र पहिरो खसिरहने भएकाले मर्मतमा समस्या भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ