२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

कात्तिक नृत्यमा १८ वर्षमुनि, ६० वर्ष माथिकालाई संलग्न नगराइने

१० मंसिर २०७७, बुधबार ०६:०६

मङ्सिर १०, ललितपुर । आउँदो शुक्रबार र शनिबार मञ्चन हुने भनिएको कात्तिक नाट्य महोत्सवमा १८ वर्षमुनि र ६० वर्षमाथिका व्यक्तिलाई कलाकारमा संलग्न नगराइने भएको छ । मुलुकमा फैलिरहेको महामारीका कारण यही मङ्सिर १२ र १३ गते दुई दिन मञ्चन हुने भएको नाचमा यस वर्ष कोभिडलाई ध्यानमा राखी उक्त निर्णय गरिएको हो । अठार वर्षमुनिका बालबालिका र ६० वर्षमाथिका वृद्धमा कोरोनाको जोखिम बढी रहने भएको हुँदा यसबाहेक अन्य उमेर समूहका मानिसलाई कलाकारका रूपमा छनोट गरिने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले बताउनुभयो । 

उहाँले भन्नुभयो, “कात्तिक नाट्य महोत्सवमा भाग लिने हामीसँग आठ वर्षदेखि ८० वर्षसम्मका कलाकार हुनुहुन्छ । यस वर्ष २० देखि ४० वर्ष उमेरका मानिसलाई शुक्रबार वराह र शनिबार नृसिंह अवतारको नाच देखाउने तयारीमा राखिरहेका छाँै ।” गत वर्ष १२ दिन देखाइएको नृत्यमा लगभग १५० कलाकार सहभागी थिए । तीमध्ये ७० जना नाटक प्रस्तुत गर्ने कलाकार र अन्य बाँकी ८० वाद्यवादक, सहयोगी र स्वयंसेवक रहेका चित्रकारले जानकारी गराउनुभयो । 

यस वर्ष कात्तिक नाच देखाउँदा सामाजिक दूरी कायम गर्ने, स्वास्थ्य सावधानी पूर्णरूपमा अपनाउने वचनबद्घताका साथ मात्र परम्परा धान्न जिल्ला प्रशासन कार्यालय ललितपुरले अनुमति दिइसकेको समितिका उपाध्यक्ष प्रतापधर शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “वराह नृत्य कलाको प्रदर्शन कात्तिक शुक्लपक्ष द्वादशी र नृसिंह अवतार नाट्य मञ्चन कात्तिक शुक्लपक्ष त्रयोदशीकै दिन करिब तीनदेखि चार घण्टा देखाइनेछ ।” 

सिद्धिनरसिंह मल्लका नाति योगनरेन्द्र मल्लले कात्तिक महिनाभरि २७ दिन सञ्चालन गरेका यस नाचमा १७ विधाको कथा वा नृत्य प्रदर्शन गरिन्थ्यो । यी विधामा सुदामा, भक्त सूरदास, माधवानर लीला, ल्यवःलाय्गु अर्थात् सुखुली तुल्यगु, च्वलेखुदाँ अर्थात् दाँखुदाँ…, कौलाखिचा, माकः सि मियेगु, खुसी छिकेगु अर्थात् जीचा, तिंखिकाँ अर्थात छ्योँध्वग्गि,  सतिवनेगु अर्थात् महामुर्ख, उषाहरण लीला, जलशयन, वराह अवतार, नृसिंह अवतार, वस्त्रहरण लीला, दधिलीला र बौद्ध अवतार लीला रहेका समितिले जनाएको छ ।

हरेक वर्ष पाटन कृष्ण मन्दिर नजिकै रहेको ‘कात्तिक डबली’ मा सो नृत्य मञ्चन गरिन्छ । भगवान् विष्णुले मानव कल्याण र धर्मरक्षाका लागि लिएका विभिन्न अवतारमध्ये यस वर्ष वराह अनि नृसिंह अवतारको मात्र नाट्य महोत्सव आयोजना गरिने बताइएको छ ।

 यो नृत्यको कथामार्फत शुक्रबार हिरण्याक्ष दैत्यको वध र शनिबार दानव हिरण्यकशिपुको वध गरेर लोकलाई शान्तिको सन्देश छर्ने काम हुनेछ । मुलुकमा कात्तिक नाचको थालनी भएसँगै इतिहासमै कुनै वर्ष पनि नरोकिएको जानकारहरूको भनाइ छ ।

किंवदन्तीअनुसार विसं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ यस नाच चलाएका थिए । यो नाच विश्वकै सबैभन्दा लामो नाट्य महोत्सवको रूपमा सम्पूर्ण नेपालीसामु रहन सफल भइरहेको छ । कात्तिक नाचको माध्यमद्वारा मानिसलाई मनोरञ्जन दिनुका साथसाथै धार्मिक, नैतिक, सामाजिक ज्ञानसमेत प्रदान गरिन्छ ।

कात्तिक महिनाभरि विभिन्न विधि र प्रकारका नृत्य प्रदर्शन गरिने भएकाले यस नाचलाई ‘कात्तिक नाच’ भनिएको हो । यो ललितपुरको मात्र नभई सिङ्गो मुलुककै राष्ट्रिय अमूर्त सम्पदाका साथै परम्परागत सांस्कृतिक जर्गेना गर्ने माध्यम पनि बनिरहेको छ । रासस 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने