गणेश सिर्पाली, साउन १७, रुकुम । रुकुमका नागरिक समाजका अगुवा, पत्रकार र अधिकारकर्मिहरुले स्थानिय तह पुर्नसंरचनाका नाममा राज्यले रुकुमेलीहरुका अँगडी नौटंकी गरेको वताएका छन । 

संविधानले पुर्व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गणेश सिर्पाली, साउन १७, रुकुम । रुकुमका नागरिक समाजका अगुवा, पत्रकार र अधिकारकर्मिहरुले स्थानिय तह पुर्नसंरचनाका नाममा राज्यले रुकुमेलीहरुका अँगडी नौटंकी गरेको वताएका छन । 

संविधानले पुर्व"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

स्थानिय तहको पुर्नसंरचना गर्नुपुर्व रुकुमको विषय टुंगो लगाउनुपर्ने

१७ श्रावण २०७३, सोमबार १०:५९

गणेश सिर्पाली, साउन १७, रुकुम । रुकुमका नागरिक समाजका अगुवा, पत्रकार र अधिकारकर्मिहरुले स्थानिय तह पुर्नसंरचनाका नाममा राज्यले रुकुमेलीहरुका अँगडी नौटंकी गरेको वताएका छन । 

संविधानले पुर्वि रुकुमलाई प्रदेश नम्वर ५ र पश्चिमी रुकुमलाई प्रदेश नम्वर ६ मा  राखेको अवस्थामा गाउँपालिका र नगरपालिको केन्द्रका विषयमा छलफल गर्नुको कुनै औचित्य नहुने उनिहरुको धारणा छ । २ ओटा प्रदेशमा पारिएको रुकुमका गाविसहरुलाई कता–कता राखेर गाउँ वा नगरपालिका वनाउने भन्ने अन्यौला रहेको उनिहरुको धारणा थियो । 

स्थानिय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिले आयोजना गरेको परामर्श कार्यशाला गोष्ठिमा वोल्ने सहभागिहरुले यस्तो वताएका हुन् । आयोगले रुकुम जिल्लाका लागी ६ ओटा मात्र स्थानिय निकाय प्रस्ताव गरेर रुकुमेलीहरुलाई अन्याय गरेको भनाई सहभागिहरुले राखेका थिए । घरघरमै सेवा पु¥याउन भन्दै देशलाई संघिय वनाईएकाले जनतालाई सहज हुनेगरी गाउँपालिका र नगरपालिकाको संख्या र त्यसको केन्द्र तोकिनुपर्नेमा वक्ताहरुको जोड थियो । 

संविधानले निश्चित गाविस नतोकेर पुर्वि र पश्चिमी रुकुम भन्दै २ ओटा प्रदेशमा रुकुमलाई विभाजन गरेकाले यस्तो अन्यौलता आएको नागरिकहरुको भनाई छ । पहिले जिल्लाको टुंगो लगाएर मात्र गाउँ तथा नगरपालिका टुंग्याउनुपर्ने नागरिक समाजको सुझाव छ ।

स्थानिय तह पुर्नसंचना प्राविधिक सहयोग समितिका संयोजक एवं स्थायिन विकास अधिकारी भरतकुमार शर्माको अध्यक्षता, जिविसका योजना अधिकृत नारायणप्रसाद चापागाईको सञ्चालनमा भएको गोष्ठिमा नागरिक समाज, पत्रकार, उपभोक्ता अधिकारकर्मि, व्यवसायी लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण ईन्जिनियर पहलवहादुर पुनले गर्नुभएको थियो । 

असोज ३ गते जारी भएको नेपालको संविधान २०७२ मा पुर्वि र पश्चिमि रुकुम भन्दै रुकुमको पुर्वि भागलाई प्रदेश नम्वर ५ मा र पश्चिमी भागलाई प्रदेश नम्वर ६ मा राखिएको छ । प्रदेश नम्वर ५ कि ६, सँगै कि छुट्टाछुट्टै भन्ने विषयलाई लिएर रुकुममा यस अँघि आन्दोलन समेत भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट