२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्याराग्लाइडिङ दुर्घटनाको कारण प्याराग्लाइडिङमा उच्छृङ्खलता

१३ मंसिर २०७७, शनिबार ०३:०५

मंसिर १३, काठमाडौं । पोखराको आकाशमा प्याराग्लाइडिङ हुन थालेको दुई दशक नाघिसकेको छ । यो अवधिमा धेरैपटक प्याराग्लाइडिङ दुर्घटनामा परे, केही यात्रुले ज्यान पनि गुमाए ।

सोमबार भएको प्याराग्लाडिङ दुर्घटनामा पाइलट ३८ वर्षका राजु गैरे नेपालीको ज्यान गयो । यो घटना सबैका लागि नौलो भयोे । किनकि टेन्डम (यात्रुसहित) को उडान दुर्घटनामा पाइलटले ज्यान गुमाएको यो पहिलोपटक हो ।  

यसअघि सोलो (एकल) उडान वा प्रशिक्षार्थी पाइलट मात्रै बढीजसो दुर्घटनामा पर्दै आएका थिए । टेन्डम उडान दुर्घटनामा परिहाले पनि यात्रु र पाइलट सामान्य घाइते भएका थिए । यसपटक भने अनुभवी टेन्डम पाइलटले नै ज्यान गुमाए । यो दुर्घटनापछि उडानका क्रममा पाइलटले गर्ने गल्तीबारे पनि बहस चल्न थालेको छ ।

अनुभवी पाइलटहरूका अनुसार उडानमा कतिपय पाइलटले गर्नै नहुने गतिविधि गर्छन्, जसले गर्दा दुर्घटनाको जोखिम बढेको छ । प्याराग्लाइडिङका अनुभवी पाइलट दामोदर पराजुली भन्छन्, ‘पाइलटले गर्नै नहुने गतिविधि गर्दा पनि दुर्घटनाको जोखिम बढेको छ । पाइलटका उच्छृंखल गतिविधिले दुर्घटना दोहोरिने गरेका छन् ।’

प्याराग्लाइडिङ पाइलटका प्रशिक्षकसमेत रहेका पराजुलीका अनुसार उडानका क्रममा यात्रुलाई थप रोमाञ्चकता दिलाउन कतिपय पाइलटले भुइँ नजिकै पुगेर फूल र रूखका पात टिप्ने, तालको पानी छुवाउने, एक्रोब्याटिक गराउने गतिविधि पनि गर्छन् । यसबाट दुर्घटनाको जोखिम बढी हुन्छ । ‘आकाशमा उडिरहेको ग्लाइडरलाई रूख नजिकै ल्याएर फूल र पात टिप्न खोज्नुलाई उच्छृंखलता भन्न सकिन्छ,’ उनी भन्छन्, ‘यसो गर्नुु मूर्खता पनि हो ।

’ चालकले पात र फूल टिपेर दिई यात्रुलाई खुसी पार्न यसो गरेको उनले बताए । ‘उडिरहेका बेला रूखको नजिकै आएर फूल र पात टिपेर यात्रुलाई दिने पाइलटलाई कारबाही गर्नुपर्छ,’ उनी भन्छन् । स्रोतका अनुसार सोमबारको दुर्घटना पाइलटले रुखको पात टिप्न खोज्दा भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । यो समाचार आजको नागरिक दैनिकमा सन्तोष पोखरेलले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की