२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पर्यटन प्रवद्र्धनमा पाँचपोखरीको फड्को

१६ मंसिर २०७७, मंगलवार ०७:०९

मङसिर १६, सिन्धुपाल्चोक । पाँचपोखरी पिक, युवा पिकको आरोहण तथा तिलमानपास अध्ययन शुरु भएको छ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा रहेको सो क्षेत्रको अध्ययनको शुरुआत सोमबार वाग्मती प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री अरुण नेपालले गर्नुभएको हो । मङ्सिर १९ गतेदेखि पुस ३ गतेसम्म पर्वतारोही माया गुरुङको संयोजनमा रुट अध्ययनसहितको टोलीले पाँचपोखरी पिक र युवा पिकको पहिलो आरोहण सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ । 

टोलीमा वडा नं ३ का अध्यक्ष नीमाछिरिङ तामाङ, सिन्धु पर्यटन परिषद्का मिलन तामाङ, पर्यटन सल्लाहकार सोमर बोम्जन, पहिलो तामाङ सगरमाथा आरोही महिला कान्छीमाया तामाङ, सगरमाथा आरोही दावाजाङ्बु शेर्पा, क्लाइम्बिङ लिडर तुलसिङ्ग गुरुङ रहनेछन् । प्रारम्भिक अध्ययन र उद्देश्यबारे जानकारी गराउन सोमबार काठमाडौँमा पत्रकार भेटघाट कार्यक्रममा मन्त्री नेपालले अध्ययन र आरोहणले रसुवाको गोसाइँकुण्ड गाउँपालिकासँग जोडिएको तिलमानपास नाका खुलाई थप पर्यटक भित्रिने र पर्यटनको माध्यमबाट आर्थिक, सामाजिक, विकासमा टेवा पुग्ने बताउनुभयो ।

यसले पाँचपोखरीलाई धार्मिक तथा तथा सांस्कृतिकरूपमा चिनाउने र स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्यका रूपमा अगाडि बढ्ने गाउँपालिका अध्यक्ष टासी लामाको भनाइ छ । काठमाडौँबाट सबैभन्दा नजिकको गन्तव्य रहेको र रसुवाको गोसाइँकुण्ड गाउँपालिकासँग जोडिएको तिलमानपास पाँचपोखरी थाङपाल गाउँपालिकासँग जोडिएको छ । उक्त पदमार्ग खुलाउन अध्ययन हुन लागेको र नयाँ हिमालको नामकरणसहित आरोहण गरिन लागेको गाउँपालिकाको पर्यटन प्रवद्र्धन समिति अध्यक्ष सुवास तामाङले बताउनुभयो । साहसिक पदमार्गका लागि  तिलमनपासलाई महत्वपूर्ण मानिन्छ । रासस 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान