2026-08-31 04:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

कतार फरार भएका गैँडा तस्करीका दोषी १५ वर्षपछि पक्राउ

मंसिर १९, चितवन | दुर्लभ एकसिङ्गे गैँडा चोरी शिकारी गरेका दोषी १५ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२६ दिव्यनगरका ३६ वर्षीय सूर्य भन्ने सुरज चौधरी रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार विसं २०६२ असारमा शिसुवाघाटपारि भालुटापुमा गैँडालाई गोली हानी खाग बिक्री गरेको अभियोगमा उनी दोषी ठहर भएका हुन् |

विसं २०६२ असोज १२ गते मुद्दा दायर भई विसं २०६४ पुस २० गते निकुञ्जले चौधरीलाई १५ वर्ष कैद र रु एक लाख जरिवाना फैसला गरेको थियो । गैँडा तस्करहरुले दुईपटकसम्म गैँडा मार्ने असफल प्रयास गरेपछि नेपाली सेनाका भगौडा निज चौधरीलाई समेत समूहमा सामेल गरी गैँडा मारेको अन्य पक्राउ परेकाहरुको वयानबाट खुलेको उनले जानकारी दिए।

निजहरुले भारतबाट बन्दुक किनेर गैँडा मारेको खुल्न आएको छ । चौधरीको समूहले पुष्पलाल भण्डारीको समूहलाई खाग बिक्री गरेको खुल्न आएको अधिकारीले जानकारी दिए । निकुञ्जको फैसलापछि निज चौधरी जिल्लाकै गुञ्जनगर र खुरखुरेमा बसाइँसराइ गरेका थिए । निजलाई खुरखुरेबाट बिहीबार पक्राउ गरिएको हो । यसै अवधिमा तीनपटक कतार गएर आएको पक्राउपछि चौधरीले वयान दिएका छन् । चौधरी एक वर्षअघि कतारबाट नेपाल आएका थिए ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले निकुञ्जले फरार अभियुक्तको खोजी प्रयासपछि चौधरी पक्राउ पर्न सफल भएको बताए । निजलाई जिल्ला कारागार कार्यालय चितवन पठाइएको उनले जानकारी दिए । पछिल्लो समय तस्कर समूह सक्रिय भएसँगै निकुञ्ज चोरी शिकार नियन्त्रणका लागि विभिन्न नयाँ रणनीतिका साथ अघि बढेको जनाएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै