नन्दराम जैशी/साउन १८, जुम्ला । जुम्ला जिल्लामा स्थानीय निकाय पुनर्संरचनामा एक नगरपालिका र  सात गाउँपालिका हुने सहमति भएको छ । 

जुम्लामा स्थानीय स्तरका जनताहरुको सहमतिमा जिल्ला विकास समितिवाट आएको प्रस्तावहरुमा एक नगरपालिका र सा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी/साउन १८, जुम्ला । जुम्ला जिल्लामा स्थानीय निकाय पुनर्संरचनामा एक नगरपालिका र  सात गाउँपालिका हुने सहमति भएको छ । 

जुम्लामा स्थानीय स्तरका जनताहरुको सहमतिमा जिल्ला विकास समितिवाट आएको प्रस्तावहरुमा एक नगरपालिका र सा"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्ला एक नगरपालिका र ७ गाउँपालिमा सहमति

१८ श्रावण २०७३, मंगलवार ०८:३७

नन्दराम जैशी/साउन १८, जुम्ला । जुम्ला जिल्लामा स्थानीय निकाय पुनर्संरचनामा एक नगरपालिका र  सात गाउँपालिका हुने सहमति भएको छ । 

जुम्लामा स्थानीय स्तरका जनताहरुको सहमतिमा जिल्ला विकास समितिवाट आएको प्रस्तावहरुमा एक नगरपालिका र सात गाउँपालिकामा सहमति भएको हो । यदि अव कसैले विवाद नगरेमा तथा  केन्द्रमा  स्थानीय निकाय पुनर्संरचना भिसमाना तथा संख्या बाडफाड आयोगले स्विकृत गरेमा जुम्लाको स्थानीय संरचना अन्र्तगत १ नगरपालिका र ७ गाउँपालिका हुने पक्का भएको छ ।  

स्थानीयहरुले जिल्ला विकास समितिमा पेश गरेको पुनर्संरचनामा चन्दननाथ नगरपालिका (जनसंख्या १९०४७), पटमारा डिल्लीचौर, पातारासी र छुमचौर ४ गाविसको पातारासी गाउँपालिका (१४५७१), देपालगाउँ गोठीचौर र गज्र्याङ्गकोट ३ गाविसको गोठिचौर गाउँपालिका (जनसंख्या  ९८७०), बुम्रमाडिचौर, मालिकाबोता, कनकासुन्दरी, विराट, पाण्डपगुफा ५ गाविसको माथिल्लो सिंजा गाउँपालिका, (जनसंख्या  १३२१६) शनिगाउँ नराकोट र धापा गरी ३ गाविसको मध्यसिंजा गाउँपालिका, ( जनसंख्या  ११९९३) बड्की, कालिकाखेतु र महावैपाथरखोला ३ गाविसको तल्लो सिंजा गाउँपालिका (जनसंख्या १०५५३), राराहिली घोडेमहादेव, मालिकाठाटा र कुडारी ४ गाविसको तिला गाउँपालिका, लाम्रा, हाँकु, तातोपानी र ताम्ति ४ गाविसको तातोपानी गाउँपालिका (जनसंख्या १४६३८) सहमति गरि जिल्ला विकास समितिमा पठाईएको छ ।

राजनितिकदलहरु तथा सर्वदलीय वैठकमा समेत सहमति भएको जिल्ला विकास समिति जुम्लाका योजना तथा प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद उपाध्यायले बताए । स्थानीय विकास अधिकारी तथा स्थानीय निकाय जिल्ला स्तरको पुर्नसंचना प्राविधिक समितिका संयोजक स्थानीय विकास अधिकारी राजेश पौडेलले स्थानीय स्तरमा एक प्रकारको सहमति भएको र फेरी एक पटक जिल्लाका सांसद र राजनैतिक दलहरु सँग छलफल गरि साउन अन्तिम सम्म सहमति अनुसारको स्थानीय संरचनाहरुको केन्द्रमा सिफारिस गर्ने बताए ।

यसैगरी नागरिकहरुबाट आएको प्रस्तावहरुमा नयाँ गाउँपालिकाहरुको नामाकरण तथा केन्द्र समेत गरिएको छ । सिंजामा प्रस्तावित ३ गाउँपालिकाहरु माथिल्लो सिंजा गाउँपालिको प्रशासनिक केन्द्र  बिराट, मध्य सिंजाको नराकोट, तल्लो सिंजाको कालिकाखेतु (बाजागाडा), तिला गाउँपािलकाको रारालिही, तातोपानी गाउँपालिकाको तातोपानी, पाताराशीको डिल्लीचौर र गोठिचौरको गज्र्याङ्गकोट केन्द्र स्थानीय स्तरमा सहमति भएका छन । यसैगरी चन्दननाथ नगरपालिकाको सदरमुकाम खलंगा रहि आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह