महेन्द्र केसी/साउन १८, पर्वत ।  स्थानिय विकास अधिकारी युवराज पौडेलले नीति विपरित काम गर्ने क्रसर व्यवसायीलाई ऐनमा तोके बमोजिम कारवाही गर्ने बताएका छन् । 

शनिवार जिल्ला प्रहरी कार्यालयले नियम उल्लघन गरी बालुवा उत्खनन गरेको भन्दै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी/साउन १८, पर्वत ।  स्थानिय विकास अधिकारी युवराज पौडेलले नीति विपरित काम गर्ने क्रसर व्यवसायीलाई ऐनमा तोके बमोजिम कारवाही गर्ने बताएका छन् । 

शनिवार जिल्ला प्रहरी कार्यालयले नियम उल्लघन गरी बालुवा उत्खनन गरेको भन्दै"/>

२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

क्रसर व्यवसायीलाई ऐन अनुसार कारवाही हुन्छ: पौडेल

२०७३, १८ श्रावण मंगलवार ०८:५३

महेन्द्र केसी/साउन १८, पर्वत ।  स्थानिय विकास अधिकारी युवराज पौडेलले नीति विपरित काम गर्ने क्रसर व्यवसायीलाई ऐनमा तोके बमोजिम कारवाही गर्ने बताएका छन् । 

शनिवार जिल्ला प्रहरी कार्यालयले नियम उल्लघन गरी बालुवा उत्खनन गरेको भन्दै ८ ट्याक्टरलाई नियन्त्रणमा लिइ कारवाहीको लागि जिल्ला विकास समितिमा पठाएको थियो । पटकपटक नीतिलाई धोति लगाउँदै नदीजन्य पदार्थ निकाल्दै आएका क्रसर व्यवसायीलाई यसपटक भने आफुले सामान्य जरिवानामा नछोड्ने स्थानिय विकास अधिकारी पौडेलले बताए । 

असार, साउन र भदौको समयमा नदीबाट नदीजन्य पदार्थ निकाल्नको लागि नपाइने नीतिमा व्यवस्था रहेको बताइएको छ । 

जिल्लामा नदीजन्य पदार्थ उत्खननको लागि स्काभेटर तथा अन्य साधनको प्रयोग गरी निकाल्नको लागि नपाइने भएता पनि क्रसर व्यवसायीले हिउँदको समयमा नियम विपरीत काम गर्दै आइरहेका थिए । 

मध्यरातमा विच खोलाबाट बालुवा तथा अन्य नदीजन्य निकाल्दै आएको रंगेहात पक्राउ गरेको थियो । आफुहरुले बालुवा निकाल्न पाउनुपर्छ भन्दै क्रसरव्यवसायी पुरानावेदन अदालतमा पुगेका थिए जून विचाराधिनमा रहेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतले कालीगण्डकी नदीबाट बालुवा निकालीराखेका ८ ट्याक्टरलाई नियन्त्रणमा लिएको थियो । असार, साउन र भदौको महिनामा नदीबाट नदिजन्य सामाग्री उत्खनन गर्नु नीति बाहिर भएका कारण आफुले नियन्त्रणमा लिएर जिल्ला विकास समितिको कार्यालयमा बुझाएको बताइन । 

विगतका दिनमा पनि अबैध रुपमा कालीगण्डकीबाट क्रसर व्यवसायीले नियम विपरीत नदीजन्य पदार्थ उत्खनन गरेका कारण जिप्रकाले नियन्त्रणमा लिइ कारवाहीको लागि जिल्ला विकास समितिको कार्यालयमा पठाएको थियो तर कार्यालयले सामान्य जरिवाना गराएर छोडेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो