सन्तोषकुमार गुप्ता/साउन १८, देउखुरी । अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रिय सल्लाहकार तथा सम्मेलनका जिल्ला उपाध्यक्ष एवम् राष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता/साउन १८, देउखुरी । अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रिय सल्लाहकार तथा सम्मेलनका जिल्ला उपाध्यक्ष एवम् राष"/>
2026-09-19 03:15 PM
दाङ्ग - DNG

गुरुङ्गको श्रद्धाञ्जलीसभा विद्यालयमा अक्षयकोष स्थापना

सन्तोषकुमार गुप्ता/साउन १८, देउखुरी । अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रिय सल्लाहकार तथा सम्मेलनका जिल्ला उपाध्यक्ष एवम् राष्ट्रिय जनमोर्चाका लालमटिया गाउँ कमिटी अध्यक्ष रमेशमान गुरुङ्गको ममतामयी माता देवकुमारी गुरुङ्गको १३ औँ दिनको स्मृतिमा सोमबार श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ ।

राष्ट्रिय जनमोर्चा लालमटिया गाउँ कमिटीको आयोजनामा भएको श्रद्धाञ्जलीसभामा गुरुङ्ग परिवारले आर्दश उच्च मावि लालमटियामा ५० हजारको बराबरको देवकुमारी छात्रबृत्ति अक्षयकोष प्रदान गर्नु भएको छ । विद्यालयमा अध्ययनरत कक्षा ८ का गरिब, लगनशिल, मेहन्ती, अनुशासित तथा परिक्षामा उत्कृष्ट १÷१ जना छात्रछात्रालाई उक्त छात्रबृत्ति रकमको ब्याजबाट बार्षिक छात्रबृत्ति प्रदान गर्ने गरी गुरुङ्गकी जेष्ठ सुपत्र रमेशमान गुरुङ्गले विद्यालयका प्रचार्य दामोदर पाण्डेलाई उक्त छात्रबृत्ति रकम प्रदान गर्नु भएको हो ।

मृतक गुरुङ्गकी जेष्ठ सुपत्र तथा राष्ट्रिय जनमोर्चाका लालमटिया गाउँ कमिटी अध्यक्ष रमेशमान गुरुङ्गको अध्यक्षता एवम् राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष रेशम बिसीको प्रमुख आतिथ्यमा भएको श्रद्धाञ्जलीसभामा बोल्ने बक्ताहरुले रमेशमान जस्ता कम्युनिष्ट आन्दोलनका होनहार कार्यकर्ता जन्माएर कम्युनिष्ट आन्दोलनमा सदैब सहयोग पु¥याउँदै मृतक गुरुङ्गले गाउँ समाज प्रति पु¥याउनु भएको योगदानको उच्च प्रशम्सा गदै मृतक आमाप्रति सच्चा सम्मान मिल्ने बताएका थिए । 

मृतक गुरुङ्गकी माईला सुपत्र होसियारसिंह गुरुङ्गले आमाको जीवन प्रस्तुतबाट शुरु भएको कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रिय उपाध्यक्ष हनुमान चौधरी, अखिल नेपाल शिक्षक संघका केन्द्रिय कोषाध्यक्ष ताराप्रसाद बेल्बासे, अखिल नेपाल किसान संघका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष प्रेमनारायण आचार्य, अखिल नेपाल बुद्धिजिवी संघका केन्द्रिय सदस्यद्धय केशवराज खनाल, कृष्ण गिरी, अखिल नेपाल युवक संघका पूर्व केन्द्रिय अध्यक्ष काशीनाथ पोख्रेल, अखिल नेपाल महिला संघकी केन्द्रिय सदस्य पूर्णिमा आचार्य, अखिल छैठौँका केन्द्रिय पार्सद सदस्य राजेन्द्र चौधरी, प्रगतिशिल पत्रकार संघ नेपालका जिल्ला सह—सचिव सन्तोषकुमार गुप्ता, राष्ट्रिय जनमोर्चाका प्यूठान जिल्ला सदस्य गिरबहादुर गुरुङ्ग, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय सदस्य डिलाराम पौडेल, नेपाली काँग्रेसका केशरबहादुर रोका, नेकपा एमालेका प्रेमबहादुर केसी र आर्दश उच्च माविका प्रचार्य दामोदर पाण्डे लगायतका बक्ताले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नु भएको थियो । 

कार्यक्रमको सञ्चालन अखिल नेपाल शिक्षक संघका जिल्ला सदस्य रामकृष्ण पौडेलले गर्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह