सन्तोषकुमार गुप्ता/साउन १८, देउखुरी । अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रिय सल्लाहकार तथा सम्मेलनका जिल्ला उपाध्यक्ष एवम् राष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता/साउन १८, देउखुरी । अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रिय सल्लाहकार तथा सम्मेलनका जिल्ला उपाध्यक्ष एवम् राष"/>
२१ मंसिर २०८२, शनिबार
दाङ्ग - DNG

गुरुङ्गको श्रद्धाञ्जलीसभा विद्यालयमा अक्षयकोष स्थापना

१८ श्रावण २०७३, मंगलवार ०९:०९

सन्तोषकुमार गुप्ता/साउन १८, देउखुरी । अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रिय सल्लाहकार तथा सम्मेलनका जिल्ला उपाध्यक्ष एवम् राष्ट्रिय जनमोर्चाका लालमटिया गाउँ कमिटी अध्यक्ष रमेशमान गुरुङ्गको ममतामयी माता देवकुमारी गुरुङ्गको १३ औँ दिनको स्मृतिमा सोमबार श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ ।

राष्ट्रिय जनमोर्चा लालमटिया गाउँ कमिटीको आयोजनामा भएको श्रद्धाञ्जलीसभामा गुरुङ्ग परिवारले आर्दश उच्च मावि लालमटियामा ५० हजारको बराबरको देवकुमारी छात्रबृत्ति अक्षयकोष प्रदान गर्नु भएको छ । विद्यालयमा अध्ययनरत कक्षा ८ का गरिब, लगनशिल, मेहन्ती, अनुशासित तथा परिक्षामा उत्कृष्ट १÷१ जना छात्रछात्रालाई उक्त छात्रबृत्ति रकमको ब्याजबाट बार्षिक छात्रबृत्ति प्रदान गर्ने गरी गुरुङ्गकी जेष्ठ सुपत्र रमेशमान गुरुङ्गले विद्यालयका प्रचार्य दामोदर पाण्डेलाई उक्त छात्रबृत्ति रकम प्रदान गर्नु भएको हो ।

मृतक गुरुङ्गकी जेष्ठ सुपत्र तथा राष्ट्रिय जनमोर्चाका लालमटिया गाउँ कमिटी अध्यक्ष रमेशमान गुरुङ्गको अध्यक्षता एवम् राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष रेशम बिसीको प्रमुख आतिथ्यमा भएको श्रद्धाञ्जलीसभामा बोल्ने बक्ताहरुले रमेशमान जस्ता कम्युनिष्ट आन्दोलनका होनहार कार्यकर्ता जन्माएर कम्युनिष्ट आन्दोलनमा सदैब सहयोग पु¥याउँदै मृतक गुरुङ्गले गाउँ समाज प्रति पु¥याउनु भएको योगदानको उच्च प्रशम्सा गदै मृतक आमाप्रति सच्चा सम्मान मिल्ने बताएका थिए । 

मृतक गुरुङ्गकी माईला सुपत्र होसियारसिंह गुरुङ्गले आमाको जीवन प्रस्तुतबाट शुरु भएको कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रिय उपाध्यक्ष हनुमान चौधरी, अखिल नेपाल शिक्षक संघका केन्द्रिय कोषाध्यक्ष ताराप्रसाद बेल्बासे, अखिल नेपाल किसान संघका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष प्रेमनारायण आचार्य, अखिल नेपाल बुद्धिजिवी संघका केन्द्रिय सदस्यद्धय केशवराज खनाल, कृष्ण गिरी, अखिल नेपाल युवक संघका पूर्व केन्द्रिय अध्यक्ष काशीनाथ पोख्रेल, अखिल नेपाल महिला संघकी केन्द्रिय सदस्य पूर्णिमा आचार्य, अखिल छैठौँका केन्द्रिय पार्सद सदस्य राजेन्द्र चौधरी, प्रगतिशिल पत्रकार संघ नेपालका जिल्ला सह—सचिव सन्तोषकुमार गुप्ता, राष्ट्रिय जनमोर्चाका प्यूठान जिल्ला सदस्य गिरबहादुर गुरुङ्ग, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय सदस्य डिलाराम पौडेल, नेपाली काँग्रेसका केशरबहादुर रोका, नेकपा एमालेका प्रेमबहादुर केसी र आर्दश उच्च माविका प्रचार्य दामोदर पाण्डे लगायतका बक्ताले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नु भएको थियो । 

कार्यक्रमको सञ्चालन अखिल नेपाल शिक्षक संघका जिल्ला सदस्य रामकृष्ण पौडेलले गर्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण