५ बैशाख २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

बिजुली माग्दै जुम्लावासी

२२ मंसिर २०७७, सोमबार ०६:२२

मङ्सिर २२, खलङ्गा । झण्डै आधा महिनादेखि नियमित बिजुली आपूर्ति नभएपछि जुम्लावासी आन्दोलित भएका छन् । उनीहरुले तत्काल बिजुली नियमित आपूर्ति हुने व्यवस्था गर्न माग गरेका छन् । 

विद्युत् तथा सञ्चारसेवा आपूर्ति सङ्घर्ष समिति जुम्लाले पत्रकारसम्मेलन गरी नियमित विद्युत् आपूर्तिको माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । समितिका संयोजक तथा नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले जुम्ला अन्धकार हुँदा पनि कसैको चासो नगएकोप्रति आक्रोश पोख्नुभयो । उहाँले भन्नुभयो,“आधा महिनादेखि सदरमुकाममा बिजुली छैन, उपभोक्ताका आधारभूत आवश्यकता पूरा हुनसकेका छैनन् । बिजुली आपूर्तिका लागि न विद्युत् प्राधिकरण जिम्मेवार बनेको छ । नत यहाँका राजनीतिक दलका नेताको चासो नै गएको छ । बिजुली आपूर्ति प्रक्रिया अन्येलमा परेको छ ।” 

समितिले अहिलेकै जेनेरेटरबाट विद्युत् आपूर्ति गर्नुपर्ने, राष्ट्यि प्रसारणलाइन ६ महिनाभित्र जडान गरी स्थायी रुपमा विद्युत् आपूर्ति गर्नुपर्ने, बोलपत्र आह्वान गरी जोडिएको मेसिनमा पटक–पटक खराबी देखिएकोले यथाशीघ्र छानबिन गर्नुपर्ने र छानबिन प्रतिवेदनका आधारमा ठेकेदारलाई कानूनी प्रक्रिया अगाडि बढाउनुपर्ने माग राखेको छ । जुम्लामा फोन र इमेलको क्षमता कमजोर हुँदा कार्यसम्पादन प्रभावित भएकाले नेपाल टेलिकम शाखा जुम्ला र सञ्चार मन्त्रालय समेतको ध्यानाकर्षण गर्ने सङ्घर्ष समितिले जनाएको छ ।  तत्काल उज्यालोका लागि विद्युत् प्राधिकरण र सरकारको ध्यानाकर्षण हुन जरुरी रहेको नेपाल पत्रकार महासङ्घ जुम्ला शाखाका अध्यक्ष बरमबहादुर महतले बताउनुभयो । 

घुघुती विद्युत् गृहमा मेसिन बिग्रिएपछि सदरमुकाम खलङ्गा बजारसहित सिङ्गो चन्दननाथ नगरपालिका दुई सातादेखि अन्धकार छ । वैकल्पिक व्यवस्थाका  लागि ल्याइएको डिजेल प्लान्ट इन्धन अभावले थन्किएको छ । विसं २०४० मा घुघुतीमा उत्पादित विद्युतगृहको मेसिन जीर्ण भएपछि चार वर्षअघि तत्कालीन जिल्ला विकास समितिले भारतीय दूतावासको रु दुई करोड ६३ लाख बजेटबाट नयाँ मेसिन जडानको काम शुरु गरेको थियो । 

समितिको कार्यालय खारेज भएपछि निर्माणको काम धकेलियो ।  नयाँ मेसिन जडान गरेको एक वर्ष नपुग्दै पटक–पटक बिग्रिने गरेपछि यहाँका नागरिकले अँध्यारो खेप्नु परेको छ । विद्युत् प्राधिकरणको लापरवाहीले सदरमुकामवासी लामो समयदेखि अँध्यारोमा बस्नुपरेको स्थानीयवासी भक्त रोकायाले बताउनुभयो ।

“भारतीय कम्पनीले गुणस्तरहीन र नक्कली मेसिन जडान गरेपछि हामीले दुःख पाइरहेका छौँ”, उहाँले भन्नुभयो । नयाँ मेसिन जडान भएपछि प्रत्येक महिना बिग्रिरहेको रोकायाले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिस्केट जात्राको अन्तिम दिन हात नभएको लिङ्गो ढालियो बारामा टिपर र कार ठोक्किँदा दुई जनाको मृत्यु तोकिएको समयभित्र दर्ता नहुने सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्छ : पृथ्वीसुब्बा गुरुङ घनश्याम उपाध्यायले ३० वटा अतिरिक्त सचिव थप्दा वार्षिक ७ कारेड रुपैयाँ खर्च बढ्ने उल्लेख गरे गभर्नरमा डा. गुणाकर भट्टको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट दर्ता, आइतबार पेसी भारतमा सिकेको स्याउखेतीको सीपलाई मुस्ताङमा ब्यूँताउने जमर्को तातोपानी नाकाको निरीक्षणमा पुगिन् परराष्ट्रमन्त्री डा. आरजु राणा राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित नभएको स्पष्ट पारे कानुन समितिको वार्षिक प्रतिवेदन पारित, संसद्को आगामी बैठकमा पेस गर्ने प्रचण्डले तिलौराकोट पुगेर सिद्धार्थ गौतम बुद्धको ऐतिहासिक घर रहेको प्राचीन स्थलको अवलोकन गरे सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस् : केपी शर्मा ओली राप्रपा महामन्त्री डा. धवलशम्शेर राणालाई उपचारका लागि छोड्ने तयारी विश्वप्रकाश शर्माको शिक्षकहरुलाई जस्तै निजामती कर्मचारीलाई पनि सडक आन्दोलन गर्न बाध्य नबनाउन आग्रह शिक्षकहरूको सडक आन्दोलनले गर्दा सर्वसाधारणलाई सास्ती नेपाल सरकारका मुख्य सचिव अर्यालले भावनामा बगेर निजामती ऐन बनाउन नहुने बताए हेटौँडा सिमेन्ट उद्योग ६ महिनापछि पुनः सञ्चालनमा माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले अतिरिक्त सचीव अनावश्यक रहेको बताए नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिए नेपोनको अध्यक्षमा विनोद पाण्डे चयन गृहमन्त्री लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नहुने बताए