2026-10-15 06:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

बिजुली माग्दै जुम्लावासी

मङ्सिर २२, खलङ्गा । झण्डै आधा महिनादेखि नियमित बिजुली आपूर्ति नभएपछि जुम्लावासी आन्दोलित भएका छन् । उनीहरुले तत्काल बिजुली नियमित आपूर्ति हुने व्यवस्था गर्न माग गरेका छन् । 

विद्युत् तथा सञ्चारसेवा आपूर्ति सङ्घर्ष समिति जुम्लाले पत्रकारसम्मेलन गरी नियमित विद्युत् आपूर्तिको माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । समितिका संयोजक तथा नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले जुम्ला अन्धकार हुँदा पनि कसैको चासो नगएकोप्रति आक्रोश पोख्नुभयो । उहाँले भन्नुभयो,“आधा महिनादेखि सदरमुकाममा बिजुली छैन, उपभोक्ताका आधारभूत आवश्यकता पूरा हुनसकेका छैनन् । बिजुली आपूर्तिका लागि न विद्युत् प्राधिकरण जिम्मेवार बनेको छ । नत यहाँका राजनीतिक दलका नेताको चासो नै गएको छ । बिजुली आपूर्ति प्रक्रिया अन्येलमा परेको छ ।” 

समितिले अहिलेकै जेनेरेटरबाट विद्युत् आपूर्ति गर्नुपर्ने, राष्ट्यि प्रसारणलाइन ६ महिनाभित्र जडान गरी स्थायी रुपमा विद्युत् आपूर्ति गर्नुपर्ने, बोलपत्र आह्वान गरी जोडिएको मेसिनमा पटक–पटक खराबी देखिएकोले यथाशीघ्र छानबिन गर्नुपर्ने र छानबिन प्रतिवेदनका आधारमा ठेकेदारलाई कानूनी प्रक्रिया अगाडि बढाउनुपर्ने माग राखेको छ । जुम्लामा फोन र इमेलको क्षमता कमजोर हुँदा कार्यसम्पादन प्रभावित भएकाले नेपाल टेलिकम शाखा जुम्ला र सञ्चार मन्त्रालय समेतको ध्यानाकर्षण गर्ने सङ्घर्ष समितिले जनाएको छ ।  तत्काल उज्यालोका लागि विद्युत् प्राधिकरण र सरकारको ध्यानाकर्षण हुन जरुरी रहेको नेपाल पत्रकार महासङ्घ जुम्ला शाखाका अध्यक्ष बरमबहादुर महतले बताउनुभयो । 

घुघुती विद्युत् गृहमा मेसिन बिग्रिएपछि सदरमुकाम खलङ्गा बजारसहित सिङ्गो चन्दननाथ नगरपालिका दुई सातादेखि अन्धकार छ । वैकल्पिक व्यवस्थाका  लागि ल्याइएको डिजेल प्लान्ट इन्धन अभावले थन्किएको छ । विसं २०४० मा घुघुतीमा उत्पादित विद्युतगृहको मेसिन जीर्ण भएपछि चार वर्षअघि तत्कालीन जिल्ला विकास समितिले भारतीय दूतावासको रु दुई करोड ६३ लाख बजेटबाट नयाँ मेसिन जडानको काम शुरु गरेको थियो । 

समितिको कार्यालय खारेज भएपछि निर्माणको काम धकेलियो ।  नयाँ मेसिन जडान गरेको एक वर्ष नपुग्दै पटक–पटक बिग्रिने गरेपछि यहाँका नागरिकले अँध्यारो खेप्नु परेको छ । विद्युत् प्राधिकरणको लापरवाहीले सदरमुकामवासी लामो समयदेखि अँध्यारोमा बस्नुपरेको स्थानीयवासी भक्त रोकायाले बताउनुभयो ।

“भारतीय कम्पनीले गुणस्तरहीन र नक्कली मेसिन जडान गरेपछि हामीले दुःख पाइरहेका छौँ”, उहाँले भन्नुभयो । नयाँ मेसिन जडान भएपछि प्रत्येक महिना बिग्रिरहेको रोकायाले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने