मंसिर २३, दाङ | दाङबाट ब्राउन सुगरसहित ६ जना पक्राउ परेका छन् | गढवा गाउँपालिका–१ जुरौनीस्थित गफुर मियाको घरबाट ३० ग्राम लागूऔषध ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरिएको हो |

पक्राउ पर्नेमा राप्ती गाउँपालिका–९ देवीकोट निवासी ३७ वर्षीय सङसुलहक मिया, प्युठान सरुमारानी राप्ती गाउँपालिका–१ बाङ्गेसाल निवासी ३० वर्षीय ईसादिन मिया रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तथा प्रवक्ता राजकुमार बैदवारले जानकारी दिए |

यस्तै सोही ठाउँ निवासी २८ वर्षीय अजित मिया, सोही वडा माझेलाठी निवासी २३ वर्षीय रबिन नेपाली, साथै बाङ्गेसाल निवासी २४ वर्षीय ईदिस मिया र गढवा गाउँपालिका–१ जुरौनी निवासी ३२ वर्षीय गफुर मिया पक्राउ परेका छन् |

उनीहरुमाथि इलाका प्रहरी कार्यालय गढवा दाङबाट थप अनुसन्धान भइरहेको छ |

ब्राउन सुगरसहित दाङमा ६ जना पक्राउ