२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

सास कुराकारीः सुरुङ्गा गोल्डकप कनकाईकै ‘गौरव’

१४ कार्तिक २०७२, शनिबार ०५:०९

JC Trilochanत्रिलोचन चिमरिया

अध्यक्ष, सुरुङ्गा जेसीज (वर्ष
२०१५)

सुरुङ्गा जेसीजको नियमित वार्षिक
कार्यक्रम अन्तर्गत सुरुङ्गा गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करणको शुरु भएको छ । स्थानीय कनकाई
उच्च मा.वि.को खेलमैदानमा हुने सो फुटबल प्रतियोगितामा नेपाल, भुटान र भारतका गरी ८ वटा फुटबल टिमको
सहभागिता  छ ।

नेपालीका महान पर्वहरु दशैं, तिहार, म्हः पुजा,
नेपाल सम्बत, बकर ईद, छैठपर्व लगायतका चाडवाडका अवसरमा प्रतियोगिता कात्तिक १३ गते शुरु भएर कात्तिक २०
गते समापन हुनेछ ।

प्रतियोगिता सम्पन्न गर्न सुरुङ्गा जेसीजका
वर्ष २०१५ का अध्यक्ष त्रिलोचन चिमरियाको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । प्रस्तुत छ,
सुरुङ्गा गोल्ड कप–२०७२ कोे संसर्गमा चिमरियासँग तीर्थराज खरेलले गरेको
कुराकानीको सम्पादित अंशः

गोल्ड कपको तयारी कसरी गर्नु भएको थियो ?

—सुरुङ्गा जेसिजको नियमित वार्षिक कार्यक्रम अन्तर्गत सुरुङ्गा गोल्डकप फुटबल
प्रतियोगिता तेस्रो संस्करणको तयारी गरिएको थियो ।  । स्थानीय कनकाई उच्च मा.वि.को खेलमैदानमा सम्पन्न
हुने फुटबल प्रतियोगितामा नेपाल, भुटान र भारतका गरी ८ वटा फुटबल टिमको सहभागिता छ ।

स्वास्थ्यका लागि खेल र राष्ट्रका लागि खेल भन्ने नारालाई आत्मसात गर्दै
युवाहरुको एकता र सृजनात्मकतालाई बढावा दिन र बन्द निषेधित शान्तिक्षेत्रको रुपमा रहेको सुरुङ्गाको
गरिमालाई अझ माथि उठाउन सुरुङ्गा गोल्ड कपको आयोजना गरिएको हो ।

प्रतियोगितामा कनकाई स्पोर्ट्स् एकाडेमी (कासा–११), झापा–११, ए.पी.एफ. काठमाण्डौं,
रुपन्देही–११, चर्च बोइज युनाइटेड काठमाण्डौं, भुटान क्लिरियरिङ फुटबल क्लब भुटान, सरस्वती क्लब
काठमाण्डौं र कालिम्पोङ फुटबल क्लब भारतको सहभागिता रहने तय भएको छ ।

सो प्रतिष्पर्धामा विजेता टिमलाई २ लाख ५१ हजार १ सय ११ रुपैयाँ, ट्रफी र प्रमाणपत्र र
उपविजेता टिमलाई १ लाख ५१ हजार १ सय ११ रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिने र उक्त प्रतियोगिता
सञ्चालन गर्न १९ लाख ७२ हजार २ सय २२ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । कनकाई नगरको इतिहासमा
अहिलेसम्मकै सबैभन्दा ठूलो र उत्कृष्ट फुटबल प्रतियोगिता हो यो ।

यसको तयारीका लागि सुरुङ्गा जेसीजका संस्थापक अध्यक्ष एवम् कार्यसम्पादन समितिका संयोजक
लीलाप्रसाद चिमरिया, मैदान व्यवस्थापन समितिका संंयोजक दिलकुमार कार्की, आर्थिक समितिका संयोजक कुमारमणि
पोखरेल, मञ्च व्यवस्थापन समितिका संयोजक जनक कार्की, स्वागतसम्मान समितिका संयोजक जबिन तिम्सिना,
संघसंस्था समन्वय समितिका संयोजक शिवकुमार कडेल, प्रमाणपत्र तथा फूलमाला व्यवस्थापन समितिका संयोजक कमल
कट्टेल, नेपाल भलिबल संघका केन्द्रीय सदस्य लेखनाथ पराजुली, सुरुङ्गा जेसिजका खेल संयोजक राजु पाठक,
महासचिव त्रिलोचन उप्रेती, कार्यकारिणी उपाध्यक्ष बिनोद उप्रेती, पूर्वअध्यक्षहरु एल.पी. उप्रेती,
मोतीखर ओझा, अध्यक्ष सल्लाहकार सरोज सिटौला, जेसीहरु सुरेन्द्र प्रधान, डी.पी.गौतम लगायतका सबै जेसी
मित्रहरुको ठूलोे सहयोग रहेको छ ।

हामीमा टिम स्पिरिटको भावना छ
। प्रतियोगिता सुसञ्चालनका लागि सबै साथीहरु कार्यविभाजन अनुसार आ–आफ्नो काममा खटिरहनुभएको छ । खेल
मैदानलाई सम्याउने र मैदानलाई प्रतियोगिताको लागि पूर्ण तयारीमा राख्न साथीहरु जुटिरहनुभएको छ

खेलको नतिजालाई जतिसक्दो चाँडो मिडिया मार्फत सार्वजनिक गर्न
सञ्चार संयोजक मनोज बस्नेतको नेतृत्वमा आवश्यक संयन्त्र बनाइएको छ ।

सुरुङ्गा गोल्ड कप किन आयोजना गरिएको हो ? यसको
पृष्ठभूमिबारे छोटकरीमा जानकारी गराइदिनुहोस् ।

—सुरुङ्गा फुटबलका लागि झापामै प्रसिद्ध छ । कनकाई नगरवासीका लागि यो खेल अति रुचिको खेल हो ।
फुटबलको यही लोकप्रियतालाई आत्मसात गर्दै यस वर्ष पनि सुरुङ्गा जेसीजको नियमित वार्षिक कार्यक्रम
अन्तर्गत सुरुङ्गा गोल्डकप फुटबल प्रतियोगिता गरिने तयारी गरिएको हो ।

‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल’ नाराको मर्म अनुरुप युवाहरुको सृजनात्मकतालाई
बढावा दिन र बन्द मुक्त पर्यटकीय शान्तिक्षेत्रको रुपमा रहेको सुरुङ्गाको प्रतिष्ठा र गरिमालाई अझ माथि
उठाउन सुरुङ्गा गोल्ड कपको यो तेस्रो संस्करण आयोजना गरिएको हो । सुरुङ्गामा असीमित जोशजा“गर बोकेका,
समाज परिर्वतनको यात्रामा अग्रपंक्तिमा उभिन चाहने, सिर्जनशील युवाहरुको सक्रियता रहेको छ ।

युवाहरुमा देखिएको विकृति र विसंगतिलाई हटाउदै समाज सुधारको यात्रामा
उनीहरुलाई डो¥याउन सकारात्मक सोचका साथ युवाहरुका परिश्रमी हातहरुलाई संगठित गर्ने र उनीहरुलाई समुन्नत
समाजको निर्माणमा लाग्न रचनात्मक रुपले निश्चित दिशाबोध गराउने महान उद्देश्यका साथ सुरुङ्गा जेसीजको
सन् २००८ मा स्थापना भएको हो ।

यसले युवालाई संगठित मात्र गरेको
छैन, यसले त उनीहरुमा अन्तरनिहित कलाकौशल, क्षमता तथा दक्षता प्रस्फुटन गर्न उनीहरुलाई सहयोग पनि गरेको
छ ।

युवाशक्तिलाई आफ्नो छातामुनि संगठित गर्दै अनुशासित,
शिक्षित, विकसित र समुन्नत समाज निर्माणको अभियानमा उनीहरुको प्रतिभा, जोशजाँगर र क्रियाशीलतालाई लगाउन
यो संस्था लागिरहेको छ ।

सुरुङ्गा जेसीज युवाका लागि सृजनात्मक
तथा अतिरिक्त क्रियाकलाप लगायतका कार्यक्रम मात्र होइन, युवाहरुको शारीरिक तथा मानसिक विकासका लागि
खेलकुद लगायतका कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।

युवाहरुको
चाहना बमोजिम नै बृहत्तर सोच राखेर सुरुङ्गा जेसीजले गोल्ड कपको आयोजना गरेको हो ।

यो प्रतियोगिता सफलताका लागि मुख्य
आधारहरु के के हुन् ?

–यो प्रतियोगिताको
व्यवस्थापन धेरै चुनौतिपूर्ण छ । यसको सफलताका लागि राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ,
जिल्ला फुटबल संघ लगायत तमाम यस क्षेत्रका क्लब एवम् फुटबलप्रेमी दर्शकहरुको अगाध मायाप्रेम र सद्भाव छ
हामीप्रति ।

दर्शकको माया, साथ र समर्थन नै हाम्रो सफलताको मुख्य
आधार हो । हामीलाई विश्वास छ–हामी भव्यतापूर्वक यो खेल सम्पन्न गर्नेछौं ।

अखिल नेपाल फुटबल संघका पूर्वाञ्चल संयोजक एवम् केन्द्रीय सदस्य जलकुमार गुरुङ्ग लगायतका
फुटबलका अग्रजहरुको हामीलाई माया र आशीर्वाद छ ।

हामीले शुरु
गरेको कामलाई समर्थन गर्ने समस्त कनकाई नगरवासीको उत्प्रेरणाले हामीलाई हौस्याएको छ । चाडपर्वको माहौलमा
आयोजित यो खेल सुरुङ्गा र कनकाई नगरको मान र प्रतिष्ठासँग जोडिएको उत्सव हो । सभ्य र भव्य रुपमा यो खेल
सम्पन्न गर्न सबैले आफ्नो दायित्व सम्झिदिनुहुन हामी अनुरोध गर्दछौं ।

मलाई विश्वास छ–मुलुकमै प्रसिद्धि कमाएको बन्दमुक्त शान्तिक्षेत्र सुरुङ्गामा हुने यो सुरुङ्गा
गोल्ड कप–२०७२ सम्पन्न गरी हामी नगरवासी अर्को कीर्तिमान राख्न सफल हुनेछौं ।

अन्तमा, तपाई केही भन्न चाहनुहुन्छ कि
?

– सुरुङ्गा गोल्ड कप–२०७२ को सफलताका आधार आम
झापावासी, कनकाई नगरवासी खेलप्रेमी, फुटबलप्रेमीहरु हुन् ।

खेलमैदान उपलब्ध गराएकोमा कनकाई उच्च मा.वि.परिवार, समाजका विभिन्न क्षेत्रमा क्रियाशील समस्त
खेलप्रेमी महानुभाव, फुटबल खेलका अग्रजहरु, बुद्धिजीवी, जेसी मित्रहरु, सञ्चारकर्मी मित्रहरु, व्यापारी,
व्यवसायी सबैलाई यो खेल सफल बनाउन आर्थिक, भौतिक, नैतिक रुपमा सहयोग गरिदिनुहुन सुरुङ्गा जेसीज परिवारको
तर्फबाट हार्दिक अनुरोध गर्दछु ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने