2026-08-31 06:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

चितवनमा युवाको आकर्षण कृषि उद्योगमा

मङ्सिर २४, भरतपुर । जिल्लामा यस आर्थिक वर्षको चार महिनामा ६५६ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय चितवनले दिएको जानकारीअनुसार यस आर्थिक वर्षको पहिलो चौमासिकमा दर्ता भएका ६५६ उद्योगमा रु एक अर्ब ५५ करोड १६ लाख २८ हजार लगानी छ । गत वर्ष सोही अवधिमा दर्ता भएका ७५१ उद्योगमा रु एक अर्ब ७४ करोड १० लाख ४३ हजार लगानी थियो ।

यी उद्योगमा एक हजार ९६२ ले रोगगारी पाएका छन् भने ३७२ पुरुष र ३३९ महिला गरी ७११ जना उद्यमी बनेका छन् । यद्यपि पहिलो चौमासिकमा गत वर्षभन्दा कम उद्योग खुलेका छन् । चितवनमा घरेलु उद्योग कम खुल्ने गरेको पाइएको छ । यस प्रथम चौमासिकको अवधिमा ४७४ साना उद्योग, १७८ लघुउद्यम र चार घरेलु उद्योग दर्ता भएका छन् । यस आवको साउनबाट कार्यालयमा लघु उद्योग दर्ता नहुने कार्यालयका सूचना अधिकारी सुदर्शन पौडेलले जानकारी दिनुभयो । अहिले लघु उद्योगको दर्ता स्थानीय तहमा नै हुने गरेको छ ।

पहिलो चौमासिकमा दर्ता भएका उद्योगमा कृषि तथा वनजन्यतर्फ मात्र ४७८ उद्योग दर्ता भएका छन् । यसतर्फ युवाहरुको बढी आकर्षण भएको पाइएको छ । यस्तै उत्पादनमूलकमा ६२, पर्यटनमूलकमा ६२, सेवामूलक ५४ उद्योग दर्ता भएका छन् । ऊर्जामूलक, निर्माणमूलक, विज्ञान तथा सूचना प्रविधिमूलक र खनिजजन्यमा कुनै उद्योग दर्ता भएका छैनन् । यस्तै चार महिनाको अवधिमा ७२४ उद्योग नवीकरण भएका छन् भने ५४ उद्योग बन्द भएका छन् । दर्ता भएको पाँच वर्षपछि पहिलोपटक नवीकरण गर्नुपर्छ भने त्यसपछि हरेक दुई–दुई वर्षमा नवीकरण गर्नुपर्ने पौडेल बताउनुहुन्छ । त्यस्तै चार महिनामा ९७ उद्योगले रु २३ करोड ८० लाख ८९ हजार लगानी बढाएका छन् ।

चितवनमा हाल १३ हजार १४५ साना तथा घरेलु उद्योग सञ्चालित छन् । तीमध्ये १२ हजार ५९६ पुरुष र तीन हजार ४१७ महिला गरी १६ हजार १३ उद्यमी छन् भने ५५ हजार ४९८ जनाले रोजगारी पाएका छन् । ती उद्योगमा कूल रु २४ अर्ब नौ करोड ११ लाख एक हजार लागानी रहेको छ । कृषि तथा वनजन्य उद्योगमा सबैभन्दा धेरै लगानी रहेको छ भने ऊर्जामूलक उद्योगमा सबैभन्दा कम लगानी छ । कार्यालयले रु पाँच लाखदेखि रु पाँच करोडसम्म स्थिर पूँजी भएका उद्योग दर्ता गर्दै आएको छ । त्योभन्दा माथि पूँजी भएका उद्योग हेटौँडा र काठमाडौँमा दर्ता हुने गर्छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग