२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

शुक्लाफाँटामा सञ्चालित विद्यालय १० दिनका लागि बन्द

२५ मंसिर २०७७, बिहीबार ०३:०३

मङ्सिर २५, कञ्चनपुर (रासस) । कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि शुक्लाफाँटा नगरपालिकामा सञ्चालित विद्यालयको पठनपाठन १० दिनका लागि बन्द गरिएको छ । नगरपालिकाको कार्यपालिकाको बैठकले मङ्सिर २५ गतेदेखि पुस ५ गतेसम्मका लागि सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको हो । 

लामो समयदेखि बन्द भएको विद्यालय मङ्सिर २१ गतेदेखि सञ्चालन गरिएका थियो । वडा नं ५ र ६ मा गरी आठ जनामा कोरोना भाइरसको सङ्क्रमण हुनुका साथै एकको मृत्यु भएपछि नगरपालिकाले विद्यालयमा समेत सङ्क्रमण फैलिन सक्ने अवस्थालाई मध्यनजर गरी विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

“कोरोना भाइरस समुदायस्तरमै देखिएपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको छ”, नगरपालिकाको शिक्षा शाखाका प्रमुख टिकेन्द्रप्रसाद भट्टले भन्नुभयो, “नगरपालिकाको निर्णयलाई बेवास्ता गरी प्रत्यक्ष विधिबाट कक्षा सञ्चालन गरे त्यसबाट हुने जोखिमको सम्पूर्ण जिम्मेवारी प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिले लिनुपर्ने छ ।” नगरपालिकाको निर्णयलाई बेवास्ता गर्दै नगर क्षेत्रका केही संस्थागत विद्यालय भने आजसमेत सञ्चालनमा रहेका छन् ।

यसअघि लामो समयदेखि अवरुद्ध पठनपाठन मङ्सिर २१ गतेदेखि पुनः सञ्चालन गर्ने नगर कार्यपालिकाले निर्णय गरेको थियो । विद्यार्थी सङ्ख्या, भौतिक पूर्वाधार र कोभिडको प्रभावलाई ध्यानमा राखी सुरक्षा मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन भएका थिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट यसअघि जारी गरिएको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ को व्यवस्थाबमोजिम नगरपालिकाले स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गरेको थियो । 

शुक्लाफाँटामा हालसम्म १२४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये नौजना मात्रै सक्रिय सङ्क्रमित रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले जानकारी दिनुभयो । सङ्क्रमितमध्ये दुई जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । बुधबार मात्रै कोरोना सङ्क्रमितको सम्पर्कमा रहेका ५२ जनाको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरीसेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पठाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह