2026-11-02 03:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बागलुङका दुई महिलाको उदाहरणीय तरकारी खेति

खेमराज गौतम | मङ्सिर २७, गलकोट (रासस) | व्यावसायिक तरकारी खेतीमा पुरुषले जस्तै महिलासमेत मनग्य आम्दानी गर्न सक्दछन् भन्ने कुरा बागलुङका दुई महिलाले उदाहरण पेश गरेका छन् । उनीहरुले पनि पुरुष समान व्यावसायिकरुपमा नै तरकारी खेती गरेर मासिक रु एक लाख बढी आम्दानी गर्न सफल भएका छन् । 

 जिल्लाको काठेखोला गाउँपालिका–८ कादेशकी लालकुमारी पुन र बागलुङ नगरपालिका–३ मूलपानीकी शरु बस्नेतले व्यावसायिक तरकारी खेतीबाटै मासिक रु एक लाख बढी कमाउँदै आएका छन् ।   लालकुमारी अब कृषक मात्र होइन, उहाँको अहिले व्यावसायिक कृषकको गर्विलो परिचय गाउँपालिकामा बनेको छ । त्यस्तै म्याग्दी जिल्लाको बेनी नगरपालिका–९ काउलेगैडा घर भई बागलुङ नगरपालिका–३ मा आठ वर्षदेखि व्यावसायिक कृषि गर्दै आउनुभएका शरु पनि जिल्लामा अब्बल महिला कृषकका रुपमा परिचय बनाउँदै आउनुभएको छ । 

चौध वर्षदेखि कृषिमा समर्पित लालकुमारी गाउँका अन्य दाजुभाइ दिदीबहिनीलाई समेत व्यावसायिक कृषि पेशामा लाग्न अभिप्रेरित गर्दै आउनुभएको छ । महिलालाई झट्ट विश्वास नगर्ने नेपाली समाजमा त्यतिबेला ठूलै हिम्मत बटुलेर निर्वाहमुखी खेती प्रणालीलाई बदलेर व्यावसायिक बाटो रोजेको पुनको भनाइ छ । ४३ वर्षीया लालकुमारीले आफ्नो जग्गा जमिनका साथै केही जग्गा भाँडामा समेत लिएर २० रोपनी जग्गामा बेमौसमी र मौसमी तरकारी उत्पादन गर्दै आउनुभएको छ । “हालै मात्र पाँच हजार केजी बेमौसमीरुपमा उत्पादित ब्रोकाउली बिक्री गरे, १४ वर्षदेखि व्यावसायिक तरकारी उत्पादनमा सक्रिय छु, मैले मौसमीभन्दा बढी बेमौसमी तरकारी उत्पादनमा बढी जोड दिएको छु”, पुनले भन्नुभयो “मौसमी तरकारीको भाउ नआउने भएकाले बेमौसमी उत्पादन गर्नतर्फ बढी अग्रसर भएको छु ।” हालै मात्र रु तीन लाखको बेमौसमी ब्रोकाउली मात्रै बिक्री गरेको उहाँको भनाइ छ । 

यस्तै एउटी महिला, म्याग्दीबाट बागलुङमा आएर व्यवसाय गर्ने कति ठूलो आँट, शरुलाई खुच्याउँदै छिमेकीले भनेका थिए तर घर छोडेर हिँडेपछि गरेर देखाउनुपर्छ, कमाएर खानुपर्छ भन्ने आँट बोकेर श्रीमान्श्रीमती मिलेर व्यावसायिक तरकारी खेती शुरु गरेको शरुको भनाइ छ । शरुलाई उहाँका श्रीमान् योगेन्द्रले हरेक काममा सघाउनु हुन्छ । बस्नेत दम्पतीले व्यावसायिक रुपमा तरकारी खेती गर्न बस्नेत तरकारी फर्म दर्ता पनि गर्नुभएको छ । 

विसं २०६९ मा बागलुङ नगरपालिका–३ मूलपानीमा तीन रोपनी जग्गा भाडामा लिएर व्यावसायिक तरकारी थाल्नुभएका बस्नेत दम्पतीले तरकारी व्यवसाय फस्टाउँदै गएपछि हाल स्थानीयको २० रोपनी जग्गा भाडामा लिनुभएको छ । भाडाको जग्गामा १५ वटा टनेल र केही खुलारुपमा व्यावसायिक तरकारी उत्पादन गर्दै आएको शरुले बताउनुभयो । “भाडाको जग्गा लिएर व्यावसायिक तरकारी खेती गर्दै आएका छौँ”, बस्नेतले भन्नुभयो, “बन्दाबन्दी अगाडिसम्म राम्रै आम्दानी भएको थियो, अहिले अलि बजार कम भएको छ ।” जग्गाको भाडामात्र वार्षिक रु दुई लाख छ । 

यस्तै लालकुमारीको बारीमा अहिले ५०० बोट अकबरे खुर्सानी पनि उत्पादनको चरणमा छ । अकबरे हरियो खुर्सानी, अचारलगायतका परिकार बनाएरसमेत बिक्री गर्दै आएको पुनको भनाइ छ । वडास्तरीय कृषि समितिको संयोजकसमेत रहनुभएका लालकुमारीले आफूले मात्रै हैन, वडाका अन्य कृषकलाई समेत कृषि पेशामा आत्मनिर्भर गराउने गरी योजना लिएर अगाडि बढेको  बताउनुहुन्छ । “मैले बेमौसमी तरकारी खेतीमा जोड दिएको छु, तितेकरेलो, ब्रोकाउली, गोलभेँडालगायतका तरकारी अहिले तयारीमा छन्”, पुनले भन्नुभयो, “कतै तरकारी नपाइने समयमा मेरोमा बारीभरि तरकारी हुन्छ, मूल्य पनि भनेको जति पाइन्छ, आम्दानी राम्रै हुन्छ ।” बीस रोपनी जग्गामा तरकारी खेती गर्दै आउनुभएका पुनलाई उहाँका तीन छोरीले काममा सघाउँदै आएका छन् ।

बस्नेतको तरकारी फर्ममा हाल सात वटा हाइटेक र आठ परम्परागत टनेलमा टमाटर, धनियाँ, साग, घिरौँला, काउली, बन्दा र करेलालगायतका मौसमी र बेमौसमी तरकारी उत्पादन हुँदै आएका छन् । बस्नेत दम्पतीले तरकारी फर्मबाट वार्षिक रु १२ लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । तरकारी व्यसायमा  विचौलियाको अन्त्य हुनपर्ने उहाँको धारणा छ । “हामीले वर्षभरि मेहनत गरेर तरकारी उत्पादन गर्छौं”, बस्नेतले भन्नुभयो, “यहाँबाट रु ५० मा खरिद गरेको तरकारी बजार पुग्दा रु १५० पुग्छ, विचौलियाले एकै दिनमा १०० कमाउँछ ।” विचौलियाको कारणले व्यवसायमा सोचेजस्तो नाफा नभए पनि खान बस्न भने पुगेको उहाँको भनाइ छ । उहाँले परम्परागत भन्दा हाइटेक टनेलमा राम्रो तरकारी उत्पादन गर्दै आउनुभएको छ । 

तरकारी खेतीबाट वार्षिक रु १२ लाख आम्दानी गर्दै आउनुभएकी लालकुमारीले ज्याला, जग्गा भाँडालगायतका खर्च कटाएर वार्षिक रु छ लाख बचत गर्दै आएको बताउनुभयो । चार वर्षदेखि ऋषिका कृषि फर्मसमेत दर्ता गरेर व्यावसायिक फर्म सञ्चालन गर्दै आउनुभएको छ । पुनको फर्ममा एक हाइटेक र चार अस्थायी टनेलमार्फत बेमौसमी तरकारी खेती गर्दै आउनुभएको छ । उहाँ कृषि ज्ञान केन्द्र पर्वतबाट उत्कृष्ट कृषकको रुपमा विसं २०७५ मा पुरस्कृत हुनुभएको थियो । कृषि ज्ञान केन्द्रबाट रु एक लाख ९० हजारको अनुदानसमेत प्राप्त गरेको लालकुमारीले बताउनुभयो । 

पन्ध्र रोपनी जग्गा भाँडामा लिएर खेती गर्दै आउनुभएका उहाँले वार्षिक रु ५० हजार जग्गाको भाँडा मात्रै तिर्नुहुन्छ । थोपा सिँचाइ प्रविधिको प्रयोग गर्दै आउनुभएका पुनले कृषिमा प्रविधिको प्रयोगसँगै बेमौसमी तरकारी उत्पादनमा सहज भएको बताउनुभयो । अझै चार वटा टनेल थप्ने योजनामा रहेको पुनले बताउनुभयो । तरकारी उत्पादन गर्नसके बजारको चिन्ता नरहेको उहाँको अनुभव छ ।  

पुनको अगुवाइमा कादेश कृषि सहकारी सञ्चालन, कृषि समूह दर्तालगायतका कार्य गरेको उहाँको भनाइ छ । बाँझो जग्गा उपयोग गरी महिला आत्मनिर्भर हुन आवश्यक रहेको उहाँले बताउनुभयो । वार्षिकरुपमा लसुन, टमाटर, आलु, प्याज, बन्दा, काउलीलगायतका तरकारी खेतीसमेत उहाँले गर्दै आउनुभएको छ । 

यस्तै बस्नेतको फर्ममा तरकारीका साथसाथै बाख्रा पनि छन् । अलि पहिलेसम्म १७ वटा बाख्रा थिए, भर्खरै बेचेर १० वटामात्रै रहेका छन् । उहाँले प्रधानमन्त्री कृषि आधुनिककीकरण परियोजनामार्फत गण्डकी प्रदेश सरकारले हाइटेक टनेल निर्माण गर्न रु चार लाख अनुदान प्राप्त गरेको शरुले बताउनुभयो । उहाँले विचौलियाको अन्त्य भएमा आफूजस्ता अरु कृषक पनि तरकारी व्यवसायमा लाग्ने बताउनुभयो । तरकारी फर्ममा हालसम्म रु ३० लाख लगानी भइसकेको छ । उत्पादन भएको तरकारी बागलुङ बजार, गलकोट तथा बुर्तिवाङमा बिक्री हुँदै आएको छ । बजारको समस्या नभए पनि भनेजस्तो तरकारीले मूल्य नपाएको उहाँको गुनासो रहेको छ । उहाँले काउली, बन्दा तथा गोलभेँडाको नर्सरीमा बिरुवासमेत उत्पादन गर्नुभएको छ ।         

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द