प्रकाश धौलाकोटी | तेह्रथुम, १८ साउन । आर्थिक अभावका कारण उपचारमा समस्या भएको समाचार "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश धौलाकोटी | तेह्रथुम, १८ साउन । आर्थिक अभावका कारण उपचारमा समस्या भएको समाचार "/>
२१ मंसिर २०८२, शनिबार
तेह्रथुम - TRT

क्यान्सर पिडित लिम्बुको उपचारकालागि सहयोग जुट्न थाल्यो

१८ श्रावण २०७३, मंगलवार १५:५३

प्रकाश धौलाकोटी | तेह्रथुम, १८ साउन । आर्थिक अभावका कारण उपचारमा समस्या भएको समाचार बाहिर आएपछि धनकुटा परेवादिन–१ का क्यान्सर पीडित हेमकुमार लिम्बूलाई उपचारकालागि सहयोग जुट्न थालेको छ । लिम्बूको उपचारमा सहयोगकालागि मलेसियामा रहेका प्रबासी नेपालीहरुद्धारा सञ्चालित सांगीतिक हटसप अनलाइन ग्रुपले ९ हजार १ सय २४ रुपैयाँ सहयोग गरेको छ । 

सो रकम मंगलबार छथरको शुक्रबारेमा एक कार्यक्रम गर्दै छथर पत्रकार समाजका अध्यक्ष प्रकाश पाक्सावाले बिरामी रहेका लिम्बुका दाजु केसरमान लिम्बुलाई हस्तान्तरण गर्नुभएको छ । उनको अहिले भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । 

असंख्य रुपमा खोलिएका हटसपहरु मनोरञ्जनको लागि मात्र नभई समाज सेवाकालागि पनि सक्रिय हुनसक्छन् भन्ने उदाहरण स्वरुप सहयोग गरिएको ग्रुपका संस्थापक धर्म चौहानले बताउनुभयो । भाइको उपचारमा सहयोग गर्ने प्रवासी नेपालीहरुलाई धन्यवाद दिँदै लिम्बुका दाजु केशरमानले सहयोगको याचना गर्नुभयो ।

कार्यक्रममा रत्नदेवी युवा सेवा समाजका अध्यक्ष अनिख आँखेवाले बोल्दै लिम्बूको उपचारमा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रम छथर पत्रकार समाजका सचिव उदयदीप सुब्बाले सन्चालन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य