Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कञ्चनपुरमा साक्षर जिल्ला घोषणा अभियान अलपत्र

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर ३०, कञ्चनपुर । कोरोना महामारीका कारण कञ्चनपुरमा साक्षर जिल्ला घोषणा अभियानका कार्यक्रमहरु अगाडि बढ्न सकेका छैनन् । गत वर्ष नै साक्षर जिल्ला घोषणाका लागि गरिएको तयारी अन्तिम समयमा आएर कोरोनाका कारण रोकिएको हो ।

यस वर्ष पनि कञ्चनपुरलाई साक्षर जिल्ला घोषणा गर्न शिक्षा विकास तथा समन्वय एकाइ कञ्चनपुरसहित सबै स्थानीय तहमा बजेट आएको छ । कोरोना सङ्क्रमणकै कारण अवरोध देखिएको छ । गत वर्ष समन्वय समितिसहित सबै तहमा साक्षरता कार्यक्रम सञ्चालनका लागि रु दुई लाखदेखि रु १० लाखसम्म बजेट आएको थियो । गत वर्ष फागुनदेखि फैलिएको कोरोना महामारीले कार्यक्रम अवरुद्ध बनेको छ ।

स्थानीय तहले निरक्षरलाई साक्षर बनाउन कक्षा सञ्चालनलगायत विभिन्न कार्यक्रम सञ्चालन तयारी अघि बढाएका थिए । कोरोनापछि ती सबै कक्षा स्थगित भएर निरक्षरलाई साक्षर बनाउने कार्यक्रम रोकिएका थियो । शिक्षा विकास तथा समन्वय एकाइ कञ्चनपुरका प्रमुख भरतबाबु सुवेदीले कोरोना महामारीका कारण साक्षर जिल्ला घोषणा कार्यक्रम हुन नसकेको बताउनुभयो । “सरकारी नीतिअनुसार समन्वय एकाइसहित सबै स्थानीय तहले साक्षर जिल्ला घोषणाका लागि कार्यक्रम अघि बढाएका थिए’’, उहाँले भन्नुभयो, “कोरोना महामारीले अन्तिम समयमा आएर स्थगित भयो ।”

कोरोना सङ्क्रमणले यस वर्ष पनि साक्षर जिल्ला घोषणा कार्यक्रम सञ्चालन गर्न सकिने अवस्था नदेखिएको उहाँले बताउनुभयो । “यस वर्ष पनि त्यस्तै छ, के हुन्छ, केही थाहा छैन”, उहाँले भन्नुभयो । कञ्चनपुरमा १५ देखि ६० वर्ष उमेर समूहका ४५ हजार बासिन्दा निरक्षर छन् । निरक्षरमध्ये ९५ प्रतिशतलाई साक्षर बनाएपछि जिल्लालाई साक्षर जिल्ला घोषणा गर्न सकिने प्रावधान छ ।

देशभर कञ्चनपुरसहित २५ जिल्ला मात्रै साक्षर घोषणा गर्न बाँकी छन् । सरकारले सन् २०१५ मा देशलाई साक्षर घोषणा गर्ने लक्ष्य लिए पनि पछि त्यसलाई सन् २०१९ सम्म पुगाइएको थियो । सरकारले युनेस्कोको प्रावधानअनुसार ९५ प्रतिशतभन्दा बढी साक्षरता भएका गाउँ, नगर र जिल्लालाई साक्षर गाउँ, नगर वा जिल्ला घोषणा गर्ने नीति लिएको छ । सो नीतिअनुसार आव २०६५/६६ देखि अनौपचारिक शिक्षा केन्द्रमार्फत राष्ट्रिय साक्षरता अभियान, आव २०६९÷७० देखि साक्षर नेपाल अभियानलगायत कार्यक्रम सञ्चालन गर्दै आएको छ । रासस